शिकारीको जालमा परेको चितुवाको उद्धार — OSNepal

शिकारीको जालमा परेको चितुवाको उद्धार

LC (KTM) October 17, 2022 0

कपिलवस्तु – कपिलवस्तु नगरपालिका वडा नं ६ तिलौरीमा शिकारीको जालमा परेको वयष्क चितुवालाई उद्धार गरी तिलौराकोट साझेदारी वनमा छोड्दै डिभिजन वन कार्यालय कपिलवस्तुको टोली । ७५ ईन्च लम्बाई र ३१ ईन्च उचाईको चितुवालाई वनको डिभिजन टोलीले उद्धार गरेको हो । तस्बिर ः खगप्रसाद शर्मा, रासस

आइटिएफ स्पाइरिङमा गण्डकीलाई स्वर्ण-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दाको स्पाइरिङतर्फ पहिलो स्वर्ण गण्डकी प्रदेशले हात पारेको छ । आज भएको ४०–५० तौल सूमहको खेलमा कर्णाली प्रदेशका मिलन धामीलाई पराजित गर्दे गण्डकीका खगेन्द्र घर्तीमगरले स्वर्णपदक जिते । कर्णालीकै धामीले रजत पदक पाए । नेपाल आर्मीका पूर्णबहादुर मगर र लुम्बिनी प्रदेशका सन्तोष बुढामगरले कास्यपदकमा चित्त बुझाए ।

प्रतियोगिताका मिडिया संयोजक पुकार केसीका अनुसार योसँगै गण्डकी प्रदेशले जारी प्रतियोगितमा दुई स्वर्ण हासिल गरेको छ । यसअघि शनिबार भएको स्पर्धामा ‘रेड बेल्ट’तर्फ एकल प्याटर्नमा गण्डकीका भीम गाहाले स्वर्णपदक जितेका थिए ।अहिलेसम्म भएका एकल प्याटर्न, टिम प्याटर्न र स्पाइरिङतर्फका खेलमा विभागीय टिम नेपाल आर्मीले सबैभन्दा बढी आठ स्वर्ण जितेर प्रतियोगितमा आफ्नो वर्चश्व बनाएको छ । तीन स्वर्णसहित बागमती प्रदेश दोस्रो स्थानमा छ ।

आइटिएफ नेपालका महासचिव अञ्जु रावतले आज विभिन्न तौल समूहमा स्पाइरिङतर्फका खेल भइरहेको जानकारी दिनुभयो । पुरुष टिम प्याटर्नमा स्वर्ण जित्ने नेपाली आर्मी र महिला टिम प्याटर्नमा स्वर्ण जित्ने बागमती प्रदेशका खेलाडीलाई आजै पदक वितरण गरिएको उहाँको भनाइ थियो ।प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, श्रीमेहर गणका गणपति देवभक्त माणी श्रेष्ठ र बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विजेता खेलाडीलाई पदक र नगर पुरस्कार प्रदान गर्नुभएको थियो ।बुधबारसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्यपदकका लागि खेलाडी स्पर्धामा छन् । स्थानीय बाङ्गेचौर खेलमैदानमा प्रतियोगिता चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर