डेरावालको पीडाले भरिएको फिल्म ‘के घर के डेरा’ को प्रमोशन गीत हेर्नुहोस् — OSNepal

डेरावालको पीडाले भरिएको फिल्म ‘के घर के डेरा’ को प्रमोशन गीत हेर्नुहोस्

LC (KTM) October 17, 2022 0

काठमाडौं । डेरामा बस्नेहरुले आफ्नो घर नबनाउन्जेली पिडा बेहोर्नु पर्छ । यो काठमाडौँ उपत्यकामा मात्रै होइन जहाँतहीँ । घरबेटीको किचकिच र असैह्य व्यबहारले एक तले सानो झुप्रो भए पनि आफ्नै स्वर्ग हुन्छ भन्ने सबै डेरावाललाई लाग्छ ।

यस्तै पिडा समेटीएको मल्टिस्टार फिल्म ‘के घर के डेरा’ को टाइटल गीत रिलिज भएको छ । तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘के घर के डेरा’को सार्वजनिक गीतमा काठमाडौंमा डेरा लिएर बस्नेले भोग्ने अनेक समस्या प्रस्ट्याउन खोजिएको छ । दीपेन्द्र के। खनाल निर्देशित फिल्म काठमाडौंमा घर हुने र डेरामा बस्नेको विषयवस्तुमा निर्माण भएको हो ।

फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोसिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाल लगायतको अभिनय देख्न सकिन्छ । महेश दवाडीको पटकथा तथा संवाद , सिंगे लामाको कथा रहेको फिल्ममा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर