म्याराथनमा पुरुषतर्फ स्वर्ण पदक जित्न सफल खेलाडी थापामगर — OSNepal

म्याराथनमा पुरुषतर्फ स्वर्ण पदक जित्न सफल खेलाडी थापामगर

LC (KTM) October 18, 2022 0

कास्की-पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मङ्गलबार सम्पन्न म्याराथनमा पुरुषतर्फ स्वर्ण पदक जित्न सफल खेलाडी गण्डकी प्रदेशका अनिस थापामगर । तस्बिर ः कृष्ण दवाडी÷रासस

विद्युत् विस्तारमा गति लिँदै-पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै गएको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका करिब ५० दशमलव ३३ प्रतिशत जनता लाभान्वित छन् । १९ कात्तिक २०६७ देखि हिले–भोजपुर ३३ केभीए राष्ट्रिय प्रसारण लाइन भोजपुरमा जोडिएको हो ।

यहाँका जनताले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब ४१ वर्ष पुगेको छ । विसं २०३८ मा सिक्तेलखोला जलविद्यद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् जिल्ला सदरमुकामका नागरिकले उपभोग गर्न गर्दै आएका थिए । दुई सय ५० किलोवाट क्षमताको उक्त जलविद्युत्गृहमा उत्पादन भएको विद्युत्ले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो । स्थानीयस्तरमा उत्पादन भएको यो विद्युत्गृह तत्कालीन द्वन्द्वमा विग्रिएपछि लामो समय भोजपुर अन्धकारमयसमेत बनेको थियो । यहाँ यो गृहबाहेक विद्युत्को अन्य कुनै विकल्प पनि थिएन । मर्मत गरेर सञ्चालनमा ल्याइएको गृहले सोचेअनुरुपले काम नगरेपछि यहाँ केन्द्रीय प्रसारण लाइनको विस्तारको पहल थलिएको हो ।

हाल जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको छ । केन्द्रीय प्रसारण लाइन यहाँका प्रायः सबै स्थानीय तहमा पु¥याउने कोसिस भइरहेको छ । पूर्णरूपमा काम भने कुनै पनि स्थानीय तहमा भएको देखिँदैन । सबैभन्दा बढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत मानिसले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गरिरहेका छन् । यो गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भइसकेको छ । यो प्रदेश नं १ उज्यालो बन्ने पहिलो स्थानीय तह पनि हो । दोस्रोमा केन्द्रीय प्रसारण लाइन प्रयोग गर्नेमा भोजपुर नगरपालिका रहेको छ ।

जिल्लामा पनि जलविद्युत्को क्षेत्रमा लगानी बढिरहेको छ । इष्टर्न हाइड्रोपावर र टक्सार पिखुलाखोला हाइड्रोपावरको निर्माण सम्पन्न भएर यसको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । इष्टर्नबाट पाँच र टक्सार पिखुवाखोला हाइड्रोपावरबाट आठ गरी दैनिक १३ मेगावट विद्युत् उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । यी विद्युत्गृहबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर