आर्चरीः स्ट्यान्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण — OSNepal

आर्चरीः स्ट्यान्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण

LC (KTM) October 18, 2022 0

काठमाडौं, १ कात्तिक:नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखराको आर्चरी मैदानमा भएको स्ट्यान्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण पदक जितेको छ । गण्डकीका दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरपश्चिमले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त गर्‍याे ।महिलातर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पार्‍याे । सेनाका शरद बिक, सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले स्वर्ण दिलाएका हुन् । प्रदेश १ ले रजत र गण्डकी प्रदेशले कास्य पाए ।स्ट्यान्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण पदक जित्यो । सेनाका प्रदीप सुनुवार र शारदा विकको जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो ।

प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा कम खर्च काठमाडौंका उम्मेदवारले गर्नुपर्ने :आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचार–प्रसारमा सबैभन्दा कम खर्च काठमाडौं जिल्लाको १० वटा निर्वाचन क्षेत्रका उम्मेदारले गर्नुपर्नेछ । निर्वाचन आयोगले उक्त प्रचार–प्रसार सम्बन्धि खर्च निर्धारण गरेको हो । देशका १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम खर्च काठमाडौं जिल्लामा उम्मेदवारी दिनेले गर्नुपर्ने आयोगले जनाएको हो ।

आयोगका अनुसार काठमाडौं जिल्लामा रहेका १० वटा निर्वाचन क्षेत्रमध्ये ५ वटामा उम्मेदवारी दिने प्रत्येकले बढीमा २५ लाख रुपैयाँ र बाँकी पाँच वटामा उम्मेदवारी दिने प्रत्येकले २७ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । उम्मेदवारले प्रचार–प्रसारमा २५ लाख रुपैयाँ खर्च गर्न पाउने काठमाडौंका पाँच निर्वाचन क्ष्ोत्रमा १, ३, ६, ७ र ८ रहेका छन् ।

यस्तै, उम्मेदवारले प्रचार–प्रसारमा बढीमा २७ लाख रुपैयाँ खर्च गर्न पाउने काठमाडौंका पाँच निर्वाचन क्षेत्रमा २, ४, ५, ९ र १० रहेका छन् । निर्वाचन आयोगले उम्मेदवारले खर्च गर्न पाउने हिसाबले देशका १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई ५ समूहमा विभाजन गरेको छ । पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २५ लाख रुपैयाँ, दोस्रो समूहमा रहेका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २७ लाख रुपैयाँ, तेस्रो समूहमा रहेका ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँ, चौंथो समूहमा रहेका ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँ र पाँचौं समूहमा रहेका २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर