मुटु रोगीले के गर्ने ? के नगर्ने ? मुटुमा रोग लाग्नै नदिने उपाय हेर्नुहोस डाक्टरको सुझाव यस्तो छ — OSNepal

मुटु रोगीले के गर्ने ? के नगर्ने ? मुटुमा रोग लाग्नै नदिने उपाय हेर्नुहोस डाक्टरको सुझाव यस्तो छ

LC (KTM) October 23, 2022 0

काठमाडौं- केहि दिनयता जाडो ह्वात्तै बढेपछि देशभर जनजीवन प्रभावित भएका विवरणहरू आएका छन् । यस्तो अवस्थामा विरामी र वृद्धहरूलाई हृदयाघात हुने संभावना बढी हुने चिकित्सकहरू बताउँछन् ।

गर्मीको तुलनामा जाडो मौसममा मानिसमा मुटु रोगसम्बन्धी जोखिममा बढी रहने उनीहरूको भनाइ छ । रक्तचाप कहिले धेरै कहिले कम हुने समस्या जाडो बेला बढी हुन्छ।

यसैबिषयमा हामीले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. नारायण गौतमसंग कुराकानी गरेका छौं । उहाँसंग गरिएको कुराकानी तलको भिडियोमा हेर्नुहोस :

यो पनि – मधेश जनविद्रोहकै जगमा उत्पीडित समुदायको अधिकार सुनिश्चित भएको हो– उपेन्द्र यादव
राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश जनविद्रोहले मधेशी, महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, अल्पसङ्ख्यक लगायतका समुदायको आरक्षणको सुनिश्चितता गराउन सफल भएको दाबी गरेका छन् ।सप्तरीको राजविराजमा ब्यापारी व्यवसायी, मदरसामा मुस्लिम समुदायका अगुवा, देउरी भरुवा कार्यकर्ता भेला सहितका कार्यक्रमहरुलाई शनिबार सम्बोधन गर्दै उनले मधेशी जनता अधिकारबाट वञ्चित रहेकोले अझैं लडाई लड्न बाँकी रहेको बताएका हुन् ।

शोषित, उत्पीडित एवम् विभेदमा पारिएको जनताको हक अधिकार स्थापित गराउन मधेशी जनअधिकार फोरम नेपालले विगुल फुकेको बताउँदै अध्यक्ष यादवले भने ‘मधेशी जनतालाई अधिकार दिने पक्षमा कांग्रेस र कम्युनिष्टले चाहेका थिएनन्, जनविद्रोहको बलमा मात्रै उत्पीडित समुदायको आरक्षणको सुनिश्चितता भएको हो, र थप अधिकार प्राप्तिका लागि अझैं सङ्घर्ष जारी छ ।’

जनआन्दोलन पश्चात् अन्तरिम संविधान जारी भएको संविधानमा मधेशी, आदिवासी, जनजाति, दलित, महिला, पिछडावर्ग, थारु लगायत विभेदमा पारिएका जाति एवम् समुदायको अधिकार सुनिश्चित नगरिएपछि आफुहरुले संविधान जलाएर क्रान्तिको विगुल फुक्ने पार्टी तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी नै भएको उनले चर्चा गरे ।

मधेश आन्दोलनकै कारण नेपालमा मधेशी समुदाय रहेको कुरा संसारले चिनेको बताउँदै सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका जसपा अध्यक्ष यादवले भने ‘देशमा गणतन्त्र, संघीयता, समावेशिता र आरक्षणको अधिकार दिलाउने पार्टी जसपा नै हो, संघीयतालाई स्थापित गराउन अझैं बाँकी रहेकोले जसपा आफ्नो मुद्दाबाट रत्तिभर विचलित नभई संघर्ष जारी रहन्छ ।’

जनसंख्याको आधारमा मधेशीलाई भागिदारी चाहिएको बताउँदै जसपा अध्यक्ष यादवले मधेशमा मधेशीको, लिम्बुवानमा लिम्बुको, किराँतको भूमीमा किराँतीको, तमुवानमा तामाङ्गको र हिमालमा शेर्पाको अधिकार र केन्द्रमा सबैको साझेदारी स्थापित हुनुपर्ने र यसका लागि संविधान संशोधन आवश्यक रहेको बताए ।

मधेशबाट गरिबी, बेरोजगारी लगायतका समस्याहरु समाधान गर्न आर्थिक विकास आवश्यक रहेको चर्चा गर्दै उनले भने ‘त्यही सोचका साथ मैले रोल मोडेलको रुपमा सप्तरीमा स्वास्थ्य, शिक्षा, सडक, कृषि लगायतका क्षेत्रमा कामहरु अगाडि बढाएको छु ।’कार्यक्रममा पार्टीका नेता समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका केन्द्रीय प्रवक्ता मनिष सुमन, नेता विकास कुमार तिवारी, नेत्रविक्रम साह, किरण साह लगायतका नेताहरुले मन्तब्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर