खुशीको खबर, अब छोरी जन्मे ५ हजार रुपैयाँ पाइने — OSNepal

खुशीको खबर, अब छोरी जन्मे ५ हजार रुपैयाँ पाइने

LC (KTM) June 28, 2021 0

पूर्वी नवलपरासी-हुप्सेकोट गाउँपालिकाले छोरी जन्मे ५ हजार रुपैयाँ दिने भएको छ । अर्को वर्षदेखि लागू हुने गरी उक्त गाउपालिकाले छोरी जन्मे खातामा ५ हजार रुपैयाँ दिने घोषणा गरेको हो ।गाउँपालिका अध्यक्षमा लक्ष्मी पाण्डे र उपाध्यक्षमा स्वतन्त्र कोपिला मल्ल गरी दुवै जना महिला छन् ।

छोरी जन्मिए जन्मदर्ताका आधारमा बैंक खाता खोलेर तत्काल ५ हजार रुपैयाँ जम्मा हुने व्यवस्था मिलाइएको अध्यक्ष पाण्डेले बताइन् । यसका लागी ६ लाख बजेट विनियोजन गरिएको छ ।

यसलाई छोरीको सुनौलो भविश्य कार्यक्रम नाम दिइएको छ । गाउँपालिकाले गत वर्षदेखि नै प्रतिसुत्केरी ५ हजार नगद पोषणबापत दिँदै आएको छ । त्यस्तै दूध बेच्ने किसानलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान थप्ने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर