नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि — OSNepal

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि

LC (KTM) October 24, 2022 0

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि गरेको छ ।

मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक नेपालीमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको पुष्टि गरेको हो ।

साउन २१ गतेदेखि १४ असोजसम्म कोभिड– १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरूको छनोट गरी केही नमूनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले दीपावली, छठजस्ता पर्वमा हुने भीडभाडले संक्रमण अझै बढ्न सक्ने भन्दै जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर