अमेरिकाका नेपालीहरुले यसरी मनाए कुकुर तिहार — OSNepal

अमेरिकाका नेपालीहरुले यसरी मनाए कुकुर तिहार

LC (KTM) October 25, 2022 0

विजय थापा । डिसी महानगर क्षेत्र । अमेरिकामा विभिन्न राज्य र शहरमा रहेका नेपाली समुदायले कुकुर तिहार पर्व मनाएका छन । यस बर्ष लक्ष्मी पूजा र कुकुर तिहार एकै दिन परेकोले सोमबारका दिन अमेरिकामा अधिकांश नेपालीहरुको घर–घरमा सुरक्षाको लागि पालिएका कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाएका छन् ।

अमेरिकामा १ घण्टा देखि ३ घण्टाको समय फरक हुने हुनाले सोही अनुसार कुकुर पूजा गरेका छन ।कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । अमेरिकामा अक्टोबर २४ का सोमबारका दिन लक्ष्मी पूजा र कुकर तिहार मनाइएको छ ।

अमेरिकामा नेपाल जस्तो खानेकुरा दिइदैन । यहाँ स्वास्थ्यवर्धक र कुकरकै लागि बनाईएका अनेक प्रकारका खानेकुराहरु दिइएको छ । साथै नेपाली सेलरोटी र नेपाली परिकारका समेत भोजन कुकुरलाई खुवाईएको छ ।

कुकुर तिहारलाई नरके चतुर्दशी पनि भनिन्छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ।

कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ।प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत कुकुरले दिन्छ भने कुकुरलाई भैरवको बाहन पनि भनिन्छ। घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर