डेंगुलाई जितेर बिग बोसमा फर्किँदै सलमान, कट्रिना कैफ हुनेछिन् गेस्ट — OSNepal

डेंगुलाई जितेर बिग बोसमा फर्किँदै सलमान, कट्रिना कैफ हुनेछिन् गेस्ट

LC (KTM) October 28, 2022 0

काठमाडौं -बलिउड अभिनेता सलमान खानले डेंगुलाई जितेका छन् । उनलाई केही दिन अघि डेंगु भएको पुष्टि भएपछि उनले ‘बिग बोस–१६’ को सुटिङ रद्द गरेका थिए । उनको स्थानमा करण जोहरले शोको होस्ट गरेका थिए ।

सलमानको स्वास्थ्य बिग्रिएपछि उनले आफैँले करणलाई फोन गरेर शो होस्ट गर्न अनुरोध गरेका थिए । तर अब सलमान डेंगुबाट निको भइसकेका छन् र छिट्टै शोको सुटिङ सुरु गर्न लागेका छन् ।

सलमानले बिहीबार ‘विकेन्डका वार’को सुटिङ गर्नेछन् । यस एपिसोडमा कट्रिना कैफ र उनको फिल्म ‘फोन भूत’ को सम्पूर्ण टिम अतिथिको रूपमा देखिनेछिन् ।
यो पनि पढ्नुहोस चलचित्र ‘यशोदा’ को ट्रेलर सार्वजनिक : चलचित्र ‘यशोदा’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक टे्रलरमा चर्चित अभिनेत्री सामन्था रुथ प्रभुको अभिनय रहेको छ । २ मिनेट २१ सेकेन्डको ट्रेलर एक्सन र थ्रिलले भरिपूर्ण छ ।

ट्रेलर हेरेर यो चलचित्रमा नायिका गर्भवती महिलाको भुमिकामा देखिएकी छन् । यस चलचित्रको ट्रेलर ५ भाषामा सार्वजनिक गरिएको छ । हिन्दी भाषामा बनेको चलचित्रको को ट्रेलर वरुण धवनले शेयर गरेका छन् भने तेलुगु भाषाको ट्रेलर विजय देवरकोंडा र मलयालम भाषाको ट्रेलर दुल्कर सलमानले शेयर गरेका छन् ।

समन्थाको यो चलचित्र नोभेम्बर ११ मा थिएटरमा प्रवेश गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर