श्रीमतीलाई कारले थिचेर ज्यान लिन खोजेको आरोपमा चर्चित फिल्म निर्माता कमल किशोर पक्राउ — OSNepal

श्रीमतीलाई कारले थिचेर ज्यान लिन खोजेको आरोपमा चर्चित फिल्म निर्माता कमल किशोर पक्राउ

LC (KTM) October 28, 2022 0

एजेन्सी । भारतीय बलिउडका चर्चित निर्माता कमल किशोर मिश्र पक्राउ परेका छन् । कमलले केही दिनअघि श्रीमती यास्मिनलाई कारले किचेर हत्या गर्ने प्रयास गरेका थिए । त्यसपछि यास्मिनले प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीले कमलविरुद्ध मुम्बईको अम्बोली प्रहरी चौकीमा धारा २७९ र ३३८ अन्तर्गत मुद्दा दर्ता गर्दै पक्राउ गरेको भारतिय मिडियाले जनाएका छन् । अक्टोबर १९ पति आफ्नो कारमा बसेर मोडल आयशा सुप्रिया मेमनसँग रोमान्स गरिरहेको पत्नी यास्मिनले देखेकी थिइन् । दुवै जनालाई सँगै देखेपछि उनले गाडीको सिसामा ढकढक्याएँ र सिसा तल गर्न भने तर कमलले नसुनी गाडी घुमाएर उक्त गाडीले किचेर र भागेको प्रहरीलाई जनाएकी छन् ।

कमलले अलिकति पनि मानवता देखाएनन् । हाम्रो सम्बन्ध ९ वर्षको थियो तर त्यो मान्छेले ९ सेकेन्डलाई पनि मेरो बारेमा सोचेन ’ यास्मिनले भनिन । कमल फिल्म उद्योग जगतका चर्चित निर्माता हुन् । उनले ‘खली बाली’, ‘देहती डिस्को’, ‘फ्लैट नम्बर ४२०’, ‘शर्मा जी की लग गई’ जस्ता धेरै फिल्म निर्माण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर