यी हुन् अभिषेकको प्रेममा परेर पनि बच्चन परिवारको बुहारी हुन सकेनन् बलिउडका चर्चित अभिनेत्रीहरु — OSNepal

यी हुन् अभिषेकको प्रेममा परेर पनि बच्चन परिवारको बुहारी हुन सकेनन् बलिउडका चर्चित अभिनेत्रीहरु

LC (KTM) November 01, 2022 0

मुम्बई, १५ कात्तिक : बलिउडमा सर्वाधिक चर्चामा अभिनेत्री ऐश्वर्या राय बच्चनले मंगलबार आफ्नो ४९ औं जन्मदिन मनाउँदैछिन् । ऐश्वर्यले बलिउडमा कैयौं फिल्ममा अभिनयको जादु देखाइसकेकी छन् । उनको नाम बलिउडका कैयौं अभिनेतासँग जोडिएको थियो । अन्ततः उनको भाग्यमा अमिताभ बच्चनका अभिनेता छोरा अभिषेक बच्चन नै जुरे । यहाँ ती अभिनेत्रीको चर्चा गरिएको छ, जो अभिषेकको प्रेममा परेर पनि बच्चन परिवारको बुहारी हुन सकेनन् ।

करिश्मा कपूर

अभिनेता अभिषेक र अभिनेत्री करिश्मा कपूरको प्रेमकथाले एकताका बलिउडमा राम्रो चर्चा पाएको थियो । दुवैले इन्गेजमेन्ट पनि गरेका थिए, तर अन्तिम समयमा आएर उनीहरुको विवाह हुन सकेन । अहिलेको पुस्तामा पनि उनीहरुको प्रेमको चर्चा हुने गरेको छ ।

रानी मुखर्जी

यो सूचीको दोस्रो नाम हो, अभिनेत्री रानी मुखर्जी । अभिषेक र रानीले कैयौं फिल्ममा सँगै काम गरेका छन् । उनीहरु फिल्मको सुटिङका समयमा नजिकिएका थिए । तर, दुवैले सार्वजनिक रुपमा आफूहरुको सम्बन्धलाई खुलाएनन् । दुवैले ‘कभी अलविदा ना कहना’, ‘बन्टी और बबली’ र ‘युवा’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।

दीपानिता शर्मा

दीपानिता शर्मासँग पनि अभिषेकको अफेयर थियो । दुवैले करिब १० महिनासम्म डेट गरेका थिए । यसपछि दुवै अलग्गिए ।

जाह्नवी कपूर

यो सूचीमा श्रीदेवीपूत्री जाह्नवी कपूरको पनि नाम छ । उनले अभिषेकले आफूमाथि धोका दिएको आरोप लगाएकी थिइन् । अभिषेककै कारण उनले आत्महत्या प्रयास पनि गरेकी थिइन् । तर, पनि यसलाई एक स्टण्टका रुपमा लिइयो ।

निर्णायक ऐश्वर्या

अभिषेक र ऐश्वर्याको भेट फिल्म ‘और प्यार हो गया’मा भएको थियो । यो भेटपछि उनीहरुको अफेयर सुरु भएको थियो । यसपछि उनीहरु दुवैजना कैयौं फिल्ममा सँगै देखिए । अभिषेकसँग डेट पछि ऐश्वर्याले सन् २००७ मा विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान आराध्या छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर