अभिनेत्री श्वेता खड्काले दिइन् छोरीलाई जन्म — OSNepal

अभिनेत्री श्वेता खड्काले दिइन् छोरीलाई जन्म

LC (KTM) November 01, 2022 0

काठमाडौं । अभिनेत्री श्वेता खड्काले छारीलाई जन्म दिएकी छन् । उनले आज ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् । दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंहसँग धुमधामसँग प्रेम विवाह गरेकी उनले छोरी जन्माएपछि परिवारमा थप खुशीयाली छाएको छ । उनको विवाहमा थुप्रै सेली ब्रेटी उपस्थिती रहेको थियो । केही दिन अघि मात्र उनले पछि विजयेन्द्रसँग बेबी सावर गरेकी थिइन् ।

यो पनि पढ्नुहोस : विवाहको तयारीमा रहेकी नायिका पूजा शर्माको कस्तो छ नयाँ ब्यबसाय ? – काठमाडौं । एक महिनाभन्दा लामो समयपछि अभिनेत्री पूजा शर्मा पुनः सामाजिक सञ्जालमा फर्किएकी छन् । बिहीबार दिउँसोदेखि सामाजिक सञ्जालमा सक्रिय रहेकी उनले ललितपुरको झम्सिखेलमा नयाँ व्यवसाय सुरु गर्न लागेको र चाँडै सञ्चालनमा ल्याउने समेत जानकारी दिएकी छन् । उनले यसलाई आफ्नो ‘स्वप्न प्रोजेक्ट’ भनेकी छन् ।

सामाजिक सञ्जालबाट विश्राम लिनुअघि फेसबुकमा एक स्टाटस लेख्दै पूजाले आफूलाई खेदिएको भन्दै दुःख व्यक्त गरेकी थिइन् । राम्रो काम गर्दा पनि नराम्रो गरेको भन्दै विरोध गरिएकोप्रति उनले असन्तुष्टि जनाएकी थिइन् । निकट स्रोतका अनुसार पूजा केही महिना सामाजिक सञ्जालबाट अलग हुनेछिन् । उनका अनुसार झम्सिखेलमा बहुउद्देश्यीय स्पोर्ट्स लाउन्ज सञ्चालनमा आउँदैछ ।

‘उनी यी दुई प्रोजेक्टलाई अब समय दिन चाहन्छिन् र फिल्म घोषणापछि मात्र सामाजिक सञ्जालमा आउने कुरा छ,’ स्रोतले भन्यो । आफू अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ रिलिज लगत्तै उनी भर्चुअल प्लेटफर्मबाट हराएकी थिइन् ।

फेसबुकमा स्टाटस लेख्दै बिनाकारण आफूलाई खेदो भनिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै सामाजिक संजालबाट गायब भएकी थिइन् । प्रेमीसँग विवाहको तयारी समेत भएको पूजाले बेला बेलामा बताउने गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर