आफ्नै अपार्टमेन्टको १२ तलाबाट खसेर अस्ट्रेलियामा नेपाली विद्यार्थी सुवेदीको मृत्यु, दुई महिनाअघि मात्र गएका थिए अस्ट्रेलिया — OSNepal

आफ्नै अपार्टमेन्टको १२ तलाबाट खसेर अस्ट्रेलियामा नेपाली विद्यार्थी सुवेदीको मृत्यु, दुई महिनाअघि मात्र गएका थिए अस्ट्रेलिया

LC (KTM) November 01, 2022 0

काठमाडौं-  अस्ट्रेलियामा आफ्नै अपार्टमेन्टको १२ तलाबाट खसेर नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दी पुलाचौर निवासी नेपाली विद्यार्थी नारायण सुवेदी रहेका छन् ।

दुई महिनाअघि अस्ट्रेलिया उच्च अध्ययनका लागि अस्ट्रेलिया गएका उनको सोमबार स्टार्सफिल्डस्थित आफ्नै अपार्टमेन्टको बार्दलीबाट खसेर मृत्यु भएको हो। मृत्युबारे अस्ट्रेलियन प्रहरीले छानबिन अगाडि बढाएको छ ।

मास्टर्स डिग्री अध्ययनका लागि दुई महिना अघि मात्र अस्ट्रेलिया गएका थिए । यस घटनापछि म्याग्दी अस्ट्रेलिया ओभरसिज नेप्लिज एसोसिएसन (मोना) ले निजको सत्गत् र शव नेपाल पठाउन आर्थिक संकलन समेत सुरू गरेको छ।मृतकका दाजु पुरुषोत्तमलाई अस्ट्रेलिया बोलाएर सत्गत गर्ने कुरा भएको बताइएको छ ।

यो पनि पढ्नुहोस – काठमाडौं- भैरहवाबाट हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुर चार्टर उडान थाल्ने भएको छ । कम्पनीले काठमाडौं–क्वालालम्पुर–भैरहवा र भैरहवा–क्वालालम्पुर–काठमाडौं रुटमा चार्टर उडान थाल्ने भएको हो ।

हिमालयलाई नागरिक उड्डयन प्राधिकरणले हाल जम्मा ८ वटा उडानका लागि अनुमति दिएको छ । पछि थप अनुमतिपछि पुनस् उडान सञ्चालन गरिने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार नोभेम्बर ३ देखि १० तारिखसम्म काठमाडौं–क्वालालम्पुर–भैरहवा र भैरहवा–क्वालालम्पुर–काठमाडौं रुटमा चार्टर उडान थाल्ने छन् ।

यो पनि पढ्नुहोस -फेरी पनि भारतबाट बढेर आयो डिजेलको मूल्य, लिटरको कति पुग्यो ? काठमाडौँ – डिजेलको मूल्य फेरी पनि भारतबाट बढेर आउको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन ९आईओसी०ले डिजेलको मूल्य बढाएर पठाएको छ ।

आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल प्रतिलिटर ६ रुपैयाँ बढेर आएको छ भने पेट्रोल प्रतिलिटर ६० पैसा बढेर आएको छ । ९आईओसीले पठाएको मूल्य सुचि अनुसार आयल निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ घाटा हुने छ ।

आईओसीले निगमलाई कच्चा तेलको मूल्य र आफ्नो लागत खर्चलाई समेत समायोजन गर्दै १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार ९१ बजे डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ८७ डलर, ब्रेन्टको ९४ डलर हाराहारीमा कारोबार भइरहेको छ । पेट्रोल तथा हवाई इन्धनमा भएको नाफाका कारण हाल भने नेपाल आयल निगम नाफा मा नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर