तनहुँमा आज हुने भनिएको पल शाहको मुद्दाको सुनुवाइ फेरी किन गरियो स्थगित ? — OSNepal

तनहुँमा आज हुने भनिएको पल शाहको मुद्दाको सुनुवाइ फेरी किन गरियो स्थगित ?

LC (KTM) November 02, 2022 0

काठमाडौं -अभिनेता पल शाहको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तनहुँ जिल्ला अदालतमा आज ९बुधबार० हुने भनिएको शाहको मुद्दाको सुनुवाइ स्थगित भएको हो ।

न्यायाधीशहरु निर्वाचनमा खटिनुपर्ने भएकाले सरकारी वकिलको कार्यालयले तोकिएको पेशीलाई सूचीबाट हटाइदिएको पलका कानुन व्यवसायी कमलामोहन वाग्लेले बताए वाग्लेका अनुसार अब निर्वाचनलाई लक्षित गर्दै मंसिर १० गतेपछि मात्र मिती तय हुने छ ।

यसैबीच, नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन दिने तयारी भइरहेको र त्यसको ड्राफ्ट पलले अध्ययन गरिरहेको उनले बताए ।पलबाट जवाफ आएपछि केही दिनमै उच्च अदालत पोखरामा पुनरावेदन दिने वाग्लेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर