अमेरिकी अर्थतन्त्रमा नेपालीको योगदान, दुई नेपाली सम्मानित — OSNepal

अमेरिकी अर्थतन्त्रमा नेपालीको योगदान, दुई नेपाली सम्मानित

LC (KTM) November 03, 2022 0

सनफ्रान्सिस्को । ‘उद्दमशीलताको माध्यमद्वारा अमेरिकाको अर्थतन्त्रमा योगदान पु¥याए बापत’ दुई नेपाली व्यवसायीलाई सोमबार क्यालिफोर्निया राज्यका सभासद आलेक्श लीले एक समारोहका बीच सम्मानित गर्नु भएको छ ।

ओक्टोबर ३१ मा हिन्दुहरुको महान चाड दीपावलीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सभासद लीले सम्मान पत्र प्रदान गर्नुभएको हो । सो अवसरमा चार जना सम्मानित भएका मध्ये दुई नेपाली नागरिक हुन् ।

क्यालिफोर्नियाको एभरेस्ट कुजिनमा आयोजित समारोहमा सभासद लीले विभिन्न व्यवसायमार्फत् अमेरिकी अर्थतन्त्रलाई टेवा पुग्नेगरी सयौं नागरिकलाई रोजगारी सिर्जना गरेबापत यो सम्मान प्रदान गरिएको उल्लेख गर्नुभयो ।

‘सिलिकन भ्यालीमा व्यवसाय गर्ने चार जनालाई सम्मान गर्नपाउँदा मलाई खुसी लागेको छ’ भन्दै लीले सम्मानित चारै जनालाई बधाई दिनुभयो ।
सम्मानित हुनेमा नेपाली नागरिक डिल्लीविक्रम थापा र दीपज्योति कार्की हुनुहुन्छ भने, उहाँहरुसँगै मिखायल आर्सेन्टिव र अस्ररफ मद्राशवाला पनि सम्मानित हुनुभएको छ ।

सम्मान कार्यक्रममा एवरेस्ट कुजिनका प्रमुख कार्यकारी अधिकृत प्रिन्स युबराज कार्कीले सभासद लीको यस्तो कदमबाट आफुहरुले समाजप्रति थप जिम्मेबारी महसुश गरेको बताउँदै सम्मानित सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

त्यसैगरी एभरेस्ट कुजिनका अध्यक्ष अनिल पाण्डेले अमेरिका बसाइको ३३ वर्षमा यो कार्यक्रम निकै पृथक तथा नयाँ पुस्तालाई उर्जा मिल्ने खालको भएको पाएँ भन्दै सभासद लीको प्रशंसा गर्नुभयो । ‘लीजस्ता जनप्रतिनिधिलाई सम्पूर्ण कम्युनिटीले हर किसिमको सहयोग गर्नुपर्छ, जसले हामीलाई प्रोत्साहन गर्छ हामी उसैको साथमा हुन्छौं, यो हाम्रो प्रतिबद्धता हो’ अध्यक्ष पाण्डेले भन्नुभयो ।

कार्यक्रममा सभासद लीका डिस्ट्रिक डाइरेक्टर अनुराग पलले समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिहरुलाई यो किसिमको सम्मान गर्न पाउँदा निकै खुशी लागेको जनाउँदै यस्तो कार्य भविष्यमा पनि जारीरहने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर