• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

क्रिकेटर सन्दिप लामिछानेले गरे सिन्धुपाल्चोकका पहिरोपीडितलाई चार लाखको सामग्री सहयोग

क्रिकेटर सन्दिप लामिछानेले गरे सिन्धुपाल्चोकका पहिरोपीडितलाई चार लाखको सामग्री सहयोग


  • ओएसनेपाल
  • असार १५ २०७८, मंगलबार
  • १२:१८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4.9K
    SHARES

    नेपाली लिग स्पिनर सन्दिप लामिछानेले सिन्धुपाल्चोकको लिदि पहिरोपीडितलाई सहयोग गर्नुभएको छ । उहाँले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गर्नुभएको हो ।

    आज चौतारा पुगेर सो सहयोग जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख अरुण पोखरेललाई लामिछानेले हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएका सामग्रीमा जस्ता, फलामे ट्रस, पोल लगायत चार लाख बराबरका सामान छन ।

    प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार विपद व्यवस्थापन समितिको पहल मार्फत बाह्रबिसे, बासखर्क र भोटेकोसीमा १०० वटा टहरा बनाउने लक्ष्य अनुसार उक्त सामाग्री प्राप्त भएको जानकारी दिनुभयो ।

    त्यसैगरी लामिछानेको टोलीले मेलम्ची बाढीबाट प्रभावितका लागि मेलम्चीमा स्वास्थ्य शिविर पनि संञ्चालन गरिएको थियो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend