पैसा कमाएर घर परिवारलाई सुखसँग पाल्ने सपना बोकेर रोमानिया गएका ३३ वर्षीय देवेन्द्रको आलु टिप्ने मेसिनको बेल्टमा च्यापिएर मृत्यु — OSNepal

पैसा कमाएर घर परिवारलाई सुखसँग पाल्ने सपना बोकेर रोमानिया गएका ३३ वर्षीय देवेन्द्रको आलु टिप्ने मेसिनको बेल्टमा च्यापिएर मृत्यु

LC (KTM) November 04, 2022 0

म्याग्दी – ३ महिनाअघि वैदेशिक रोजगारीका लागि रोमानियामा गएका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरका ३३ वर्षीय देवेन्द्र पुन रहेका छन् ।

उनी पैसा कमाएर घर परिवारलाई सुखसँग पाल्ने सपना बोकेर ३ महिनाअघि मात्र रोमानिया पुगेका थिए । उनको टिमिसोरा शहरको भिजेजदियानजिक बानट मेलन एग्रिकल्चर कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर मृत्यु भएको बताइएको छ ।

पुनको दिउँसो करिब ३ बजे आलु टिप्ने क्रममा मेसिनको बेल्टमा च्यापिँदा ज्यान गएको जनाइएको छ। उनको मृत्यु पछि उनको परिवार गहिरो शोकमा डुबेको छ ।

उनका बुवाआमा, दाजुहरू, पत्नी र एउटा ६ महिने शिशुसहित दुई छोरा छन्।पुनको शव नेपाल ल्याउन पहल भइरहेको रघुगंगा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर