श्रीलंकाका क्रिकेटर दानुष्का बलात्कार आरोपमा होटल भित्रैबाट पक्राउ, साथमा थिइन् २९ वर्षकी महिला पनि — OSNepal

श्रीलंकाका क्रिकेटर दानुष्का बलात्कार आरोपमा होटल भित्रैबाट पक्राउ, साथमा थिइन् २९ वर्षकी महिला पनि

LC (KTM) November 06, 2022 0

काठमाडौं । श्रीलंकाली क्रिकेटर दानुष्का गुणतिललाई बलात्कारको आरोप लागेको छ । सिड्नीको एक होटलमा २९ वर्षीया महिलासँगै उनलाई पक्राउ गरिएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

उनका साथीहरुले सिड्नीमै छाडेर हिंडेपछि उनी भने होटलमा महिलासँग रहेको बताइएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिउको बताइएको छ ।

दानुष्का तीन हप्ता अगाडि घाइते भएका थिए । त्यसपछि एशेल बंडाराले टिममा उनको स्थान लिएका थिए । तर टिम म्यानेजमेन्टले उनलाई फर्काउनुको साटो अष्ट्रेलियामा टोलीसँगै राखेको थियो ।

क्रिकेट समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सन्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको उल्लेख गरेसँगै यो खबर बाहिरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर