अण्डाको क्यारेट बनाउन विष्टलाई भ्याइनभाई,दैनिक १३ हजारभन्दा बढी क्यारेट उत्पादन — OSNepal

अण्डाको क्यारेट बनाउन विष्टलाई भ्याइनभाई,दैनिक १३ हजारभन्दा बढी क्यारेट उत्पादन

LC (KTM) November 07, 2022 0

देउखुरी-घोराही उपमहानगरपालिका –१७ गुलरियामा कागजको अण्डाको क्यारेट बनाउँदै युवा । घोराहीमा निर्माण हुने अण्डा क्यारेट बजारको माग धान्न भ्याइनभ्याई भएको स्वर्गद्वारी एग्रो प्रोडक्टका कर्मचारी गणेश विष्ट बताउनुहुन्छ । यहाँ दैनिक १३ हजारभन्दा बढी क्यारेट उत्पादन गर्दै आइरहेको छ । तस्वीर ः रञ्जिता अधिकारी÷रासस

यो पनि पढनुहोस:हल्का वर्षाको सम्भावना-हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली हुनका साथै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । राजधानी काठमाडौँमा बिहान बदली रहे पनि अहिले केही खुलेको छ । दिउँसो पुनः बदली रहनुका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आज हल्का बदली रहे पनि वर्षाको सम्भावना नरहेको मौसमविद् बासीले बताउनुभयो ।

हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आज काठमाडौँको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर