घण्टौँ कुराएर आएका राजेशले सबैलाई हिस्स पार्दै कार्यक्रमबाट निस्किएपछि... — OSNepal

घण्टौँ कुराएर आएका राजेशले सबैलाई हिस्स पार्दै कार्यक्रमबाट निस्किएपछि…

LC (KTM) November 08, 2022 0

काठाडौँ । नायक राजेश हमाल समयको विषयमा त्यति चनाखो छैनन् । उनी सान्यतया धेरैजसो कार्यक्रममा १ – २ घण्टा कुराइदिन्छन् आयोजकलाई । ठूलो रकम खर्च गरेर कुरेर बसेकाहरुलाई राजेशले त्यति पर्वाह गर्दैनन् भन्ने कुराको अर्को उदाहरण सोमबार काठमाडौंको आई प्लेक्स मलमा आयोजना भएको ‘रानी माया’ बोलको गीत रिलिज कार्यक्रममा देखाए राजेशले ।

सोमबार उक्त कायृक्रममा राजेश विशेष अतिथी थिए भने पर्यटनमन्त्री जीवनराम श्रेष्ठ प्रमुख अतिथी थिए । कार्यक्रम २ घण्टा ढिला सुरु भए लगत्तै राजेश हमालले गीत हेरेपछि छोटो शब्दमा गायक तथा मोडल कृष्ण बीके र उनको टिमलाई शुभकामना दिए र त्यहीँबाट बिदा भए ।

राजेश हिँड्ने बेलामा बल्ल मन्त्री श्रेष्ट टुप्लुकिए । हमाल कार्यक्रममा बोलेर हिडेपछि बल्ल प्रमुख अतिथी जीवनराम श्रेष्ठ बोलेका थिए । राजेश हमालसँग केही प्रश्न सोधौला भनेर उनलाई डेढ घन्टा कुरेका मिडियाकर्मी हिस्स भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर