बलिउडमा डेब्यू गर्दै अरबाज–मलाइकाका छोरा अरहान — OSNepal

बलिउडमा डेब्यू गर्दै अरबाज–मलाइकाका छोरा अरहान

LC (KTM) November 08, 2022 0

एजेन्सी- अरबाज खान र मलाइका अरोराका छोरा अरहान खान बलिउडमा प्रवेश गर्दैछन्। भारतिय मिडियाका अनुसार उनले पटना शुक्ला’को सुटिङको हिस्सा बन्नेछन्। डिसेम्बर २०२२ मा अरहानले फिल्मको सेटमा देखिनेछन् ।

फिल्म मेकिङको प्र्याक्टिकलको लागि पनि उनले यो फिल्ममा काम गर्न लागेको अरबाजले बताएका छन्। अरहान बलिउड प्रवेश गरेसँगै मिडियाबाट सधैँ टाढा रहने उनको चर्चा चुलिएको छ । करण जोहरको फिल्म ‘रकी ओर रानीको प्रेम कहानी’ मा सहायक निर्देशकको काम गरेका थिए।

अब भने उनी बाबुको फिल्मबाट पटना शुक्ला’मा आफ्नै पिता अरबाजसँग काम गर्दैछन्। अरबाज खानको ‘पटना शुक्ला’ मा रविना टन्डन, सतीश कौशिक, मानव विज, चन्दन रोय सन्याल, जतिन गोस्वामी, अनुष्का कौशिकलगायत कलाकारको अभिनय रहने छ। यो फिल्म २०२३ मा प्रदर्शन हुनेछ।

अरहान अरबाज र उनकी पूर्वपत्नी मलाइकाको एकमात्र छोरा हुन्। उनीहरूले सन् १९९८ मा विवाह गरेका थिए भने २०१७ मा सम्बन्धविच्छेद गरेका थिए । अरहानले अमेरिकामा फिल्ममेकिङ पढिरहेका छन्। केही समय पहिले अरहान अमेरिका पढ्न उड्न लागेका बेला मलाइका र अरबाज सँगै देखिएका थिए ।

यो पनि पढ्नुहोस : एकसाथ फिल्ममा काम गर्दै माधुरी र रेखा – मुम्बई- बलिउडमा कुनै समय एक छत्र राज गरेका नायिका माधुरी दिक्षित र रेखाले एक साथ फिल्ममा काम गर्ने भएका छन् । पछिल्लो पटक सन् २००१ मा राजकुमार सन्तोषीको फिल्म ‘लज्जा’मा देखिएका उनीहरुले एकै पटक २० वर्षपछि अर्को फिल्ममा देखिन् लागेका हुन् ।

बलिउडका प्रख्यात निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीले यि दुई अभिनेत्रीलाई एक साथ लिएर काम गर्न लागेका हुन् । भन्साली यतिबेला फिल्म ‘हीरामण्डी’को प्रोजेक्टमा छन् ।

यहि फिल्ममा माधुरी दिक्षित र रेखा पनि अनुबन्धित भएका हुन् । फिल्ममा सोनाक्षी सिन्हा र हुमा कुरैशीको पनि अभिनय रहनेछ । फिल्ममा आलिया भट्टसँगै अजय देवगनको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर