सोमबार अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवतीको मृत्यु — OSNepal

सोमबार अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवतीको मृत्यु

LC (KTM) November 08, 2022 0

काठमाडौं –  अष्ट्रेलियाको सिड्नीमा सोमबार दिउसो एक नेपाली विद्यार्थीको मृत्यु भउको छ । मृत्यु हुने युवतीको घटना घटेको र व्यक्तिगत विवरणहरु सबै गोप्य राखिएको छ । साथीहरुको अनुरोधमा विवरणहरु गोप्य राखिएको बताइएको छ ।

ह्यारिस पार्कको ट्रेन स्टेसनमा ती विद्यार्थी युवतीको ज्यान गएको र घटनाको न्युसाउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । युवतीका नजिकका साथीले घटना बारे सिड्नीस्थित नेपाली महावाणिज्यदुत दिपक खड्का र गैरआवासिय नेपाली संघ न्यु साउथ वेल्सका संयोजक देब गुरुङलाई खबर गरेको बताइएको छ ।

यो घटनासंगै अष्ट्रेलियामा पछिल्लो दुइ हप्तामै तीन नेपाली विद्यार्थीको ज्यान गएको छ । यस अघि अक्टोबर २४ तारिखमा सिड्नीमै २ महिनाअघि मात्रै अष्ट्रेलिया आएका २४ वर्षिय युवकको पनि मृत्यु भएको थियो । त्यस्तै नोभेम्बर २ तारिखमा सनसाइनकोष्टमा थप एक नेपाली विद्यार्थी आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका थिए । पछि अस्पतालमा उनको निधनको पुष्टी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर