अरहानले भने- बुवासँग फिल्ममा काम गर्न पाएदा खुशी छु — OSNepal

अरहानले भने- बुवासँग फिल्ममा काम गर्न पाएदा खुशी छु

LC (KTM) November 09, 2022 0

एजेन्सी- अरबाज खान र मलाइका अरोराका छोरा अरहान खान बलिउडमा प्रवेश गर्दैछन्। भारतिय मिडियाका अनुसार उनले पटना शुक्ला’को सुटिङको हिस्सा बन्नेछन्। डिसेम्बर २०२२ मा अरहानले फिल्मको सेटमा देखिनेछन् ।

फिल्म मेकिङको प्र्याक्टिकलको लागि पनि उनले यो फिल्ममा काम गर्न लागेको अरबाजले बताएका छन्। अरहान बलिउड प्रवेश गरेसँगै मिडियाबाट सधैँ टाढा रहने उनको चर्चा चुलिएको छ । करण जोहरको फिल्म ‘रकी ओर रानीको प्रेम कहानी’ मा सहायक निर्देशकको काम गरेका थिए।

अब भने उनी बाबुको फिल्मबाट पटना शुक्ला’मा आफ्नै पिता अरबाजसँग काम गर्दैछन्। अरबाज खानको ‘पटना शुक्ला’ मा रविना टन्डन, सतीश कौशिक, मानव विज, चन्दन रोय सन्याल, जतिन गोस्वामी, अनुष्का कौशिकलगायत कलाकारको अभिनय रहने छ। यो फिल्म २०२३ मा प्रदर्शन हुनेछ। उनले फिलममा बाबुसँग काम गर्न पाँउदा खुशी लागेको बताएका छन् ।

अरहान अरबाज र उनकी पूर्वपत्नी मलाइकाको एकमात्र छोरा हुन्। उनीहरूले सन् १९९८ मा विवाह गरेका थिए भने २०१७ मा सम्बन्धविच्छेद गरेका थिए । अरहानले अमेरिकामा फिल्ममेकिङ पढिरहेका छन्। केही समय पहिले अरहान अमेरिका पढ्न उड्न लागेका बेला मलाइका र अरबाज सँगै देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर