अन्तत: जान्भीको इच्छा भयो पुरा, ३ करोड लिएर जूनियर एनटीआरसँग साउथ फिल्ममा गर्ने भइन् काम — OSNepal

अन्तत: जान्भीको इच्छा भयो पुरा, ३ करोड लिएर जूनियर एनटीआरसँग साउथ फिल्ममा गर्ने भइन् काम

LC (KTM) November 09, 2022 0

एजेन्सी – जाह्नवीले साउथ फिल्ममा जूनियर एनटीआरसँग पहिलो फिल्म साइन गरेकी छन् । फिल्मका लागि उनले ३ करोड रुपैया लिएको बताइएको छ । केही समय पहिले साउथ फिल्म हेरेर नै आफु हुर्किएको बताएकी उनले अन्तत फिल्ममा नै काम गर्न पाएकी हुन् ।

अहिले उनको फिल्म मिली रिलिज भएको छ । फिलमले ५० लाखको ओपनिगं गरेको छ । उनले अभिनय गर्ने भनिएको साउथ फिल्मलाई कोरातला शिवाले गर्ने भएका छन् ।

उनले जुजिएर एनटिआरसँग काम गर्न चाहेको बताएसँगै उनलाई फिल्ममा काम गर्ने अबसर मिलेको हो ।त्यस्तै उनले विजय देरगोडासँग पनि काम गर्ने अफर आएको थियो लाइगरमा तर उनले फिल्मको कथा मन नपरेका कारण फिल्ममा काम नगरेको बताइएको छ ।
यो पनि पढ्नुहोस – अरहानले भने- बुवासँग फिल्ममा काम गर्न पाएदा खुशी छु : एजेन्सी- अरबाज खान र मलाइका अरोराका छोरा अरहान खान बलिउडमा प्रवेश गर्दैछन्। भारतिय मिडियाका अनुसार उनले पटना शुक्ला’को सुटिङको हिस्सा बन्नेछन्। डिसेम्बर २०२२ मा अरहानले फिल्मको सेटमा देखिनेछन् ।

फिल्म मेकिङको प्र्याक्टिकलको लागि पनि उनले यो फिल्ममा काम गर्न लागेको अरबाजले बताएका छन्। अरहान बलिउड प्रवेश गरेसँगै मिडियाबाट सधैँ टाढा रहने उनको चर्चा चुलिएको छ । करण जोहरको फिल्म ‘रकी ओर रानीको प्रेम कहानी’ मा सहायक निर्देशकको काम गरेका थिए।

अब भने उनी बाबुको फिल्मबाट पटना शुक्ला’मा आफ्नै पिता अरबाजसँग काम गर्दैछन्। अरबाज खानको ‘पटना शुक्ला’ मा रविना टन्डन, सतीश कौशिक, मानव विज, चन्दन रोय सन्याल, जतिन गोस्वामी, अनुष्का कौशिकलगायत कलाकारको अभिनय रहने छ। यो फिल्म २०२३ मा प्रदर्शन हुनेछ। उनले फिलममा बाबुसँग काम गर्न पाँउदा खुशी लागेको बताएका छन् ।

अरहान अरबाज र उनकी पूर्वपत्नी मलाइकाको एकमात्र छोरा हुन्। उनीहरूले सन् १९९८ मा विवाह गरेका थिए भने २०१७ मा सम्बन्धविच्छेद गरेका थिए । अरहानले अमेरिकामा फिल्ममेकिङ पढिरहेका छन्। केही समय पहिले अरहान अमेरिका पढ्न उड्न लागेका बेला मलाइका र अरबाज सँगै देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर