नयाँ र्याप गीत लिएर आए लोकप्रिय  र्यापर एन सेभेन (भिडियो) — OSNepal

नयाँ र्याप गीत लिएर आए लोकप्रिय  र्यापर एन सेभेन (भिडियो)

LC (KTM) November 10, 2022 0

काठमाडौं- युवापुस्ता माझ लोकप्रिय  र्यापर एन सेभेन (नोबेल खत्री )ले  नयाँ र्याप गीत ‘घण्टा जस्तो’ सार्वजनिक गरेका छन । र्यापर एन सेभेनको आफ्नै शब्द सगीत र आवाज रहेको गीतको भिडियोलाई उनले आफनै युट्युब च्यानल मार्फत केहि दिन अगाडी सार्वजनिक गरेका हुन् ।

उनी आफै फिचारिंग रहेको भिडियो अहिले बिभिन्न टेलिभिजनको सागीतिक कार्यक्रम मार्फत पनि प्रसारण भैरहेको छ । लामो समय देखि नेपाली पप र हिपहप गायन छेत्रमा सक्रिय गायक एन सेभेनको यसअघि ‘तिम्रो भाउ बढेको छ’  ,’वरदान’, ‘छोडी आए’, ‘मैच्यांग’ र ‘तिम्रो याद मलाइ ‘ लगायत गीतहरु सार्वजनिक भैसकेका छन उनको धेरै गीतहरु युवापुस्ता माझ लोकप्रिय छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर