राष्ट्रपति भण्डारीलाई आइल्याण्डमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान — OSNepal

राष्ट्रपति भण्डारीलाई आइल्याण्डमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान

LC (KTM) November 10, 2022 0

काठमाडौं, २४ :राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइसल्याण्डको रेक्जाभिकमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ ।

उनलाई रोक्जाभिक ग्लोबल फोरममा वमन पोलिटिकल लिडर्सकी अध्यक्ष तथा संस्थापक र युरोपेली संसदकी पूर्वउपाध्यक्ष सिल्भाना–कोच मेहरिनले उक्त अवार्ड प्रदान गरेकी हुन् ।

अवार्ड प्रदान कार्यक्रममा आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन ज्याकोब्सडटिर र आइसल्याण्डका पूर्वराष्ट्रपति भिग्डिस फिनबोगाडोटिर पनि उपस्थित रहेका थिए ।

राष्ट्रपति भण्डारीले आफूले प्राप्त गरेको उक्त अवार्ड लैङ्गीक सशक्तिकरण र समावेशीकरणकालाई नेपालले अहिलेसम्म हासिल गरेका उपलब्धिहरुका लागि योगदान पुर्याएका नेपाली महिलाहरुमा समर्पित गरेकी छन् ।

अवार्ड ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले लैङ्गीक सशक्तिकरणमा नेपाल को प्रगति र प्रतिबद्धता र यस क्षेत्रमा थप प्रगति गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर