काठमाडौं-फिल्म ”आँधी तुफान २’ सुटिङ शुरु हुने भएको छ ।निषेधाज्ञाका कारण रोकिएको फिल्मको सुटिङ आउँदो २० गते भित्र सुरु गर्ने बताइएको छ । फिल्मलाई मदन घिमिरेको निर्देशन गर्नेछन् । एक पात्रको ह त्या भएपछि घटनाको अनुसन्धानका लागि परिचालित हुने तीन युवतीको कथामा बन्ने यस फिल्ममा लेखकमा मौनता श्रेष्ठ रहेका छन् ।
फिल्ममा मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, आरती आचार्य, पूनम गौतम, सान अधिकारी, याङ्सु श्रेष्ठ, सोनी बीसी लगायतका कलाकारको अभिनय रहेको छ ।
यस फिल्ममा साउथ फिल्मका अभिनेता प्रभासको फिल्म ‘साहो का खलनायक कनिजले यस फिल्ममा पनि भिलेनको भूमिका निभाउदैछन् । आँधी तुफान’मा ऋचा घिमिरे, पूजना प्रधान र रञ्जु लामिछानेको मुख्य अभिनय रहेको थियो । फिल्मलाई अत्यन्तै मन पराइएको थियो ।