गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता : — OSNepal

गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता :

LC (KTM) November 10, 2022 0

काठमाडौँ-नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता भएको बताउनुभएको छ । लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं २ कार्यसमितिले आज यहाँ आयोजना कार्यक्रममा नेता पौडेलले देश र जनताप्रति समर्पित नेता सिंह भएको बताउनुभएको हो ।

“गणेशमान सिंह पार्टीको सभापति र प्रधानमन्त्री हुनुभएन तर उहाँको राजनीतिक उचाइ पार्टी सभापति र प्रधानमन्त्री हुने व्यक्तिकोभन्दा बढी छ”, उहाँले भन्नुभयो । उहाँले गणेशमान सिंहको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन नसकेकामा गुनासो गर्नुभयो ।

लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मुलुकको परिवर्तन र नागरिक अधिकारका लागि निष्ठापूर्वक लड्ने गणेशमान सिंहको योगदानबारे भावि पुस्तालाई बुझाउनुपर्ने बताउनुभयो । नेता पौडेलले प्रधानमन्त्री पद प्राप्त गर्दासमेत प्रधानमन्त्री नबन्ने गणेशमान सिंहको बाटोमा नेपाली राजनीतिलाई लैजान सकेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर