सुमधुर स्वरका धनी गायक छबि न्यौपानेले अमेरिकाबाट रिलिज गरे ‘टन्नै माया तिमीलाई’को भिडियो — OSNepal

सुमधुर स्वरका धनी गायक छबि न्यौपानेले अमेरिकाबाट रिलिज गरे ‘टन्नै माया तिमीलाई’को भिडियो

LC (KTM) November 11, 2022 0

काठमाडौं । सुमधुर स्वरका धनी गायक हुन् छबि न्यौपाने । गायन विधामा बिशेष रुची रहेकै कारण अमेरिकामा बसेर पनि नेपाली गीत संगीतमा लागिपरिरहेका एक मुर्धन्य स्रष्टा छवीको स्वरमा रहेको नयाँ गीत ‘टन्नै माया तिमीलाई’ रिलिज गरिएसँगै यसको चर्चा सर्वत्र चुलीएको छ ।

रियल स्टेट ब्यबसायीका रुपमा अमेरिकामा आफ्नो भिन्न छवी बनाउन सफल उनी आफ्नो व्यवसायलाई थाती राखेर नेपाली गीत संगीतलाई प्रबर्धन गर्ने कार्यमा उनि निरन्तर लागिपरिरहेको देख्दा उनका साथी, सहयात्री र आफन्तहरुले सँधै सँधै उनको प्रशंसा गर्दै आइरहेका छन् ।

यसैबिच गीत संगितलाई निरन्तरता दिने क्रममा हालसालै न्यौपानेको आफ्नै स्वरमा सजिएको ‘टन्नै माया तिमीलाई’ बोलको गीतमा छवीलाई मिलन नेवारले स्वरमा साथ दिएकी छिन् ।

गोपी दाहालको शब्द रहेको गीतलाई अम्बर तुम्बापो सुब्बाले संगीत र गोपाल रसाइलीले अरेन्ज गरेका छन् । अहिलेको समयलाई मध्य नजर गरेर गीत निर्माण गरिएको देखिन्छ ।

गम्भीर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, नबिन निरौलाको सम्पादन र सुबोल थापाको कोरियोग्राफी रहेको छ । जसमा नेपाली सांगीतिक क्षेत्रमा निकै रुचाइएको मोडलिगंको दुनियाको जोडी सरोज अधिकारी र आशमा बिश्वोकर्माको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोलाई रेअल्टर छबि न्यौपाने – सिनसिनाटि, ओहाइयोले निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर