भारतीय सुन्दरी नायिका नोरा फतेही र निकी मिनाजले विश्वकप उद्घाटनमा सहकार्य गर्ने — OSNepal

भारतीय सुन्दरी नायिका नोरा फतेही र निकी मिनाजले विश्वकप उद्घाटनमा सहकार्य गर्ने

LC (KTM) November 11, 2022 0

काठमाडौं । भारतीय सुन्दरी नायिका नोरा फतेही लोभलाग्दो नृत्यका कारण व्यापक चर्चामा छिन् ।

नेपालमा चुनावी चटारो सुरु भइरहेका बेला फिफा विश्वकप फुटबलमा विश्वभरका मानिसहरु प्रतिक्षारत छन् ।

मंसिर ४ गते नेपालमा मतदान हुने दिन फिफा विश्वकप फुटबलको उद्घाटन हुनेछ । जहाँ विश्वचर्चित गायिका निकी मिनाजसँग नोराले फिफाको आधिकारिक गीत ‘लाइट द स्काई’को प्रस्तुतिमा सहकार्य गर्ने जनाइएको छ ।

समारोहमा भारतीय सुन्दरी नायिका नोरा फतेही र निकी मिनाजले सहकार्य गर्ने अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

यो गायनसँगै नोरा गायिकाहरु जेनिफर लोपेज र शकिराकै क्लबमा ज्वाइन हुनेछिन्, जसले यसअघिका विश्वकप उद्घाटन समारोहमा प्रस्तुति दिइसकेका छन् ।

नोराको एउटा गीत अक्टोबर ७ मा रिलिज भइसकेको छ । जसमा नोरा कतार विश्वकपको आधिकारिक गीतमा फिचर्ड छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर