‘उचाई’ फिल्मको सेन्सर : सेन्सर बोर्डमाथि प्रश्नै प्रश्न — OSNepal

‘उचाई’ फिल्मको सेन्सर : सेन्सर बोर्डमाथि प्रश्नै प्रश्न

LC (KTM) November 11, 2022 0

काठमाडौँ । आजबाट रिलिज गरिएको बलिउड फिल्म ‘उचाई’को सेन्सरका क्रममा मनलाग्दी गरिएको तथ्य बाहिर आएको छ । बिहिबार बेलुकी फिल्म ‘उचाई’को सेन्सरका क्रममा सेन्सर बोर्डमा सरकारले तोकेका कर्मचारी र विज्ञ मात्र थिएनन्, सेन्सर बोर्डका कर्मचारीका छोराछोरी, श्रीमतिहरु बसेर फिल्म हेरेर सेन्सर पास गरिएको रहस्य बाहिर आएको छ ।

८–९ जना भएर गरिनुपर्ने सेन्सरमा ३ दर्जन जती मानिसहरु उपस्थित रहेको पाइएको छ । नेपालमा फिल्महरु सेन्सर गर्दा उनीहरु परिवारका सदस्यलाई समेत बोकेर ल्याउने गरेको यो पहिलो पटक भने होइन ।

रमाइलो पक्ष त के भने ‘उचाई’का वितरकले सेन्सरका कर्मचारी, उनीहरुका आफन्तलाई समेत खाजा खुवाउनेदेखि भत्ता लगायतका शीर्षकमा समेत निर्मातालाई रकम छुट्याउन बाध्य पारिँदै आएको एक वितरकले नाम उल्लेख नगर्ने शर्तमा बताए ।‘उचाई’को सेन्सर हुँदाको यो दृश्यले सबैलाई चकित मात्रै होइन सेन्सर बोर्डको विश्वससनियता माथि नै प्रश्न उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर