कुखुराको मासुभित्र बन्दुक लुकाएर विमानमा चढ्न लागेका यी युवक फिल्मी शैलिमा समातिए — OSNepal

कुखुराको मासुभित्र बन्दुक लुकाएर विमानमा चढ्न लागेका यी युवक फिल्मी शैलिमा समातिए

LC (KTM) November 12, 2022 0

न्युयोर्क, २६ कात्तिक:संसारभरका अपराधी र तस्करहरूले अवैध सामानहरू एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्ने अनौठो तरिकाहरू अपनाउछन् भन्ने कुराहरू हामीले बेलाबखत सुन्ने गर्छौं । एक पछिल्लो घटनामा एक यात्रु कुखुराको काँचो मासुभित्र ह्यान्डगन लुकाएर जाँदै गरेर अमेरिकामा विमानमा चढ्न खोज्दा समातिएका छन् ।

यात्रु विमान चढ्नुअघि फ्लोरिडाको फोर्ट लाउडरडेल–हलिवुड एयरपोर्टमा यातायात सुरक्षा प्रशासन (टीएसए) अधिकारीहरूले समातेका थिए । बन्दुक लोड गरिएको हो वा होइन भन्ने खुल्न सकेको छैन ।

एक ट्विटर पोस्टमा एजेन्सीले बन्दुकको तस्बिरहरू सेयर गरेको छ । हाते बन्दुक, कागजको प्याकेजिङमा बेरिएको, काँचो कुखुराभित्र देख्न सकिन्छ । अर्को तस्विरमा एयरपोर्ट अफिसरले प्याकेज खोलेर बन्दुक निकालेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर