ऐनमा भएको अधिकार व्यवहारमा ल्याउछौंः विश्वप्रकाश — OSNepal

ऐनमा भएको अधिकार व्यवहारमा ल्याउछौंः विश्वप्रकाश

LC (KTM) November 13, 2022 0

नेपालको संविधान र ऐनहरुमा जनताका लागि धेरै अधिकारको ग्यारेन्टी गरिएको छ । समाजवादतर्फको यात्रा जाने लक्ष्य लिएको संविधान व्यवहारमा कार्यान्वयन हुन बाँकी नै छ । बलियो राजनीतिक नेतृत्व र इच्छाशक्ति बिना यो सम्भव छैन ।

५ दलीय गठबन्धनले बलियो सरकार बनाएर मौलिक हकहरुको ग्यारेन्टी र समतामूलक समाज निर्माण गर्ने प्रतिवद्धता गरेको छ । केन्द्रको यही मार्गदर्शन अनुरुप कास्की २ (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले अब बन्ने सरकारले जनताका अधिकारको ग्यारेन्टी गरी संघीयताको अनुभूति दिलाउने वाचा गरेका छन् ।

आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारबीचको छलफलमा उनले यस्तो बताएका हुन् । लामिछानेले चार दशकदेखि परिवर्तनका लागि लागेको जनाउँदै अब अवस्था परिवर्तनको संवाहक बन्ने उल्लेख गरे ।

‘हामीले अधिकार संविधानमा लिपिवद्व गरेका छौं । आर्थिक, सामाजिक र संस्कृत परिवर्तन गर्नका लागि हामी आएका छौं,’ उनले भने । शिशु संविधान कार्यान्वयनका बेला घाँटी निमोठ्नेहरुलाई जनताले चिनेको उनको भनाइ छ ।लामिछाने आफ्ना प्रतिवद्धतासहित कास्की २ (१) का विभिन्न वडामा घरदैलोमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर