पोखरामा माछा मार्ने गएका २६ वर्षीय युवकलाई खोलाले बगायो — OSNepal

पोखरामा माछा मार्ने गएका २६ वर्षीय युवकलाई खोलाले बगायो

LC (KTM) June 30, 2021 0

पोखराको फुस्रेखोलाले बगाएर एक जना युवकको मृ त्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका १७ काउछेघारीस्थित फुस्रेखोला माछा मार्ने क्रममा खोलाले बगाउँदा स्याङ्जाका २६ वर्षीय युम बहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनु भएको छ । मृतक स्याङ्जाको बिरुवा गाँउपालिका ७ डिही घर भइ हाल पोखरा १७ हनुमान टोल बस्दै आएका थिए ।

उनलाई आज बिहान सवा १० बजे माछा मार्ने क्रममा फुस्रे खोलाले ५ सय मिटर जति बगाएर वीच भागमा अड्काएको थियो । घटना पश्चात वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङको कमाण्डमा खटिएको ११ जनाको टोलीले सशस्त्र प्रहरीको रेश्क्यु टोलीको सहयोगमा मृत अवस्थामा खोलाबाट बाहिर निकालेको हो ।

गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्य कार्यालय पोखराबाट प्रहरी सहायक निरीक्षक तेजबहादुर सार्कीको कमाण्डमा खटिएको ८ जनाको टोलीले मृतक गुरुङको शव निकाल्न फुस्स्रे खोलामा खटीएका थिए ।कस्तो अबस्थामा थियो शब संगै जाने साथिहरु के भन्छन हामीले स्थलगत भिडीयो सामग्री तयार पारेका छौ यो भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर