गोरखा : सुरेन्द्र बहादुरको चर्चा , को हुन सुरेन्द्र ? के यसैपाली बाजी मार्ने दाउमा छन् ? — OSNepal

गोरखा : सुरेन्द्र बहादुरको चर्चा , को हुन सुरेन्द्र ? के यसैपाली बाजी मार्ने दाउमा छन् ?

LC (KTM) November 15, 2022 0

गोरखा : गोर्खा जिल्ला यतिखेर चुनावमय भैरहेको छ। राष्ट्रिय स्तरका नेता तथा शहरमा बस्ने ठुला ब्यापारीहरु यतिखेर विभिन्न पार्टीको उम्मेदवार बनेर गाउँ घरमा भब्य तामझामका साथ भोट माग्न ब्यस्त रहेका छन । गाउँघरको सडकहरुमा समेत दिनहुँ महँगो गाडी तथा मोटरसाइकलको ताँती देख्न पाइन्छ भने चुनावी गितमा नेता कार्यकर्ताहरु आफ्नो उम्मेदवारलाई जिताउन खटिरहेका छन । बजारहरुका होटेल तथा चिया पसलहरु खचाखच भरिएका छन र सम्पुर्ण मानिसहरुको गफ चुनाव केन्द्रित हुन थालेको छ र सबैले सम्भाबित नतिजाको अड्कलबाजि समेत गर्न थालेका छन ।

सम्पुर्ण जिल्ला चुनावमय भैरहँदा अधिकाँस पार्टी र तिनका उम्मेदवारहरुको चुनावी प्रचार शैली र भाषण उस्तै हुने गरेको देखिन्छ । यसैक्रममा उम्मेदवारहरुको चुनावी घरदैलो कार्यक्रम अध्ययन तथा रिपोर्टिङ गर्न हिजो बेलुकी हामी क्षेत्र न १ को सहिद लखन गाउँपालिका गएका थियौँ। उक्त गाउँपालिकाको विभिन्न गाउँ घुमेपछी हामी साँझ ६ बजेतिर मगर जातिको बाहुल्यता रहेको रानिस्वाँरा भन्ने गाउँमा पुगेका थियौँ र त्यहाँ पुगेर आराम गर्दै एकजना चिनजानको दाइको घरमा चिया पिउँदै गर्दा नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरु भोट माग्न मनकामना पट्टिबाट उक्त गाउँ प्रबेश गरेका थिए। यसै क्रममा हाम्रो ध्यान पनि तेतै गयो। यतिबेलासम्म अधिकाँस गाउँलेहरु खेतबारी र बस्तुभाउको काममै ब्यस्त थिए । केही समयपछी करिब ७ बजे कार्यक्रम सुरु भयो र उत्घोषकले कार्यक्रम सुरु गरे ।

नेकपा एमालेका तर्फबाट क्षेत्र न १ बाट प्रतिनिधि सभाका उम्मेदवार पुर्ब मन्त्री रामसरण बस्नेत स्वास्थमा बोल्न नसक्नेगरी समस्या आएकोले उपचार र आरामको लागि गोर्खा बजार लागे। त्यसपछि हामी लगायत उपस्थित सबैलाई कार्यक्रमको प्रमुख बक्ता नै नभएसी कार्यक्रम चाखलाग्दो होलाजस्तो लागेन । यद्यपि कार्यक्रम अगाडि बडिरयो। यसैक्रममा नेकपा एमाले गोर्खा क्षेत्र न १ प्रदेश सभा क का उम्मेदवार सुरेन्द्र बहादुर थापाले बोल्ने पालो आयो । यतिबेला साँझको ८ बजिसकेको थियो। खुल्ला आकासमुनी चिसो बेस्सरी बढ्दैथियो,सबैजना घर गएर सुत्न हतार गर्दै थिए तर जब सुरेन्द्र थापाले बोल्न सुरु गरे एकाएक हामी सबैको ध्यान खिच्न थाल्यो,निन्द्राले झुल्नथालेका मान्छेहरुको कान पनि ठाडो हुनथाल्यो।

नेता र बिशेषगरी उम्मेदवार भनेपछि आकर्षक पहिरन,सेवासुसारे अनि खादामाला सहित तडकभडक देखिरहेका हामिहरुलाई उनको सामान्य चालढाल देखेर अनौठो लागिरहेको थियो। जब उनले बिस्तारै आफ्नो ब्यक्तिगत जीवन,देशको राजनीतिक इतिहास,आफुले राजनिती गर्नुको उद्देश,आफ्नो पार्टीको बिचार सिद्धान्त ,अन्तराष्ट्रिय घटनाक्रम,स्थानीय आबस्यकता र योजनाहरु धाराप्रबाह व्यक्त गर्न थाले हामी सबै छक्क पर्न थाल्यौँ र गोर्खामा पनि यस्तो प्रखर नेता रहेछन तर कसरी छाँयामा परे त भन्ने कुराले हाम्रो मनमा छोइसकेको थियो। उनले भने बिस्तारै आफ्नो भनाइ समाप्त गर्दै उठेका प्रश्नहरुको जबाफ दिँदै मतदातालाई भोट हाल्न सिकाउँदै कार्यक्रम अन्त्य गरे तर हामीलाई भने उनको बारेमा धेरै कुरा बुझ्ने जिज्ञासा बढीसकेको थियो र उनी बास बस्न लागेको स्थानीयको घरमा सँगै गयौँ। त्यहाँ पुग्दैगर्दा खाना तयारी भैसकेको रहेछ र खाना खायौँ त्यसपछी उनिसँग धितमर्ने गरि कुरा गर्ने मौका मिल्यो। उनी त बास्तबमा नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाका एघारौं सन्तान पो रहेछन ।

सुन्दा पनि हामी त छक्क पर्यौँ। झन इतिहास बुझ्न मन लाग्यो र अझैपनी भिमसेन थापाका सन्तान गोर्खामै सामान्य अबस्थामा पाउँदा अनौठो पनि लाग्यो। उनले आफ्नो राजनितिक जीवन बि स २०३६ सालको विद्यार्थी आन्दोलनसंंगै गरेका रहेछन। तत्कालीन शक्ति स्कुलको विद्यार्थी संगठनको नेतृत्व गर्दै २०४६ सालको बहुदलीय ब्यबस्था प्राप्तिको लागि भएको जन आन्दोलनमा समेत सक्रिय रहेका रहेछन । उनले १३ बर्षसम्म स्थानीय गाउँकै एक बिद्यालयमा अध्यापन गराएका रहेछन तर राजनीतिक भुत मनमा रहेकाले पेन्सन पाक्न केही समय रहेको जागिर छडेर पुन २०५२ सालबाट पुनकालिन राजनिती सुरु गर्दै तत्कालिन एमालेको जिल्ला कमिटिको पदाधिकारीमा निर्बाचित हुन सफल बनेका रहेछन ।

२०५४ सालमा तत्कालीन नाम्जुङ गाबिस को अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका उनले माओवादी ससस्त्र द्वन्द्व बढेसँगै त्यसको केन्द्रबिन्दु रहेको गोर्खामा धेरै मानसिक र शारिरिक समस्याहरु झेल्न परेको रहेछ। पारिवारिक अवस्था समेत निकै कठिन अबस्थामा पुग्न थालेपछी छोराछोरीले सामान्य शिक्षा हाँसिल गर्न समेत आफ्नो नातागोताको घरमा जानुपरेको बाध्यता उनले सुनाउँदा राजनीतिलाई सजिलो पेसा ठानेर लागिरहेका कार्यकर्ताहरु झसङ्ग भए। यसैक्रममा उनले २०६२-०६३ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाइ नेतृत्व गरेका रहेछन । त्यसैकारण उनलाई दुई पटकसम्म सैनिक हिरासतमा (१९ दिन र १० दिन )राखिएको रहेछ। राजनीतिमा लागेर आफुले र आफ्नो परिवारले धेरै दुख पाएकोमा उनलाई कुनै पछुतो छैन बरु यो देशमा धेरै परिवर्तन लेराउन सफल भएकोमा उनलाई गर्व छ।

एकदिन उनको अबस्था देखेर आफ्नै छोराछोरीले समेत आँसु झारेर राजनीति नगर्न सम्झाएको कुरा उनी कहिल्यै भुल्न सक्दैनन । अहिले उम्मेदवार बन्ने अबसर आएको भएपनी गोर्खामा एमालेभन्दा बलियो रहेको नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका एकल उम्मेदवारसँग उनले प्रतिष्पर्धा गर्नुपर्ने छ यद्यपि उनले कुनै हरेस खाएका छैनन बरु गठबन्धनकै कारण आफुले चुनाव जित्ने दाबी गरेर गाउँगाउँ भोट माग्दै हिँडिरहेका छन। उनले आज आफुलाई चुनाव जित्न ठुलो चुनौती रहेको र त्योभन्दा पनि ठुलो चुनौती जितेपछी बिकास गर्न र भिमसेन थापाको बिरासत जोगाउन रहेको बताउने गरेका छन । धेरैले उनलाई आज गोर्खामा जिताउनै पर्ने एक फरक उम्मेदवारको रूपमा चित्रण गरेको देख्दा उनलाई जित्ने कुरामा पुर्ण बिश्वास रहेको छ। उनको सबै कुरा सुनिसकेपछी उनलाई जितको शुभकामना दिँदै बाँकी नतिजा मंसिर ४ पछि हेर्नेछौँ भन्दै हामिपनी एक फरक उम्मेदवारसँग कुरा गरेको अनुभुति गर्दै बाइकमा गोर्खाबजारतिर हुइँकियौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर