डाक्टर गायक मुकुन्द रेग्मीको म सधैँमा बिनोद र साहाराको गज्जब अभिनय — OSNepal

डाक्टर गायक मुकुन्द रेग्मीको म सधैँमा बिनोद र साहाराको गज्जब अभिनय

LC (KTM) November 15, 2022 0

काठमाडौँ । पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक हुन् आचार्य गोपाल । फरक स्वादका भिडियोहरु एकपछि अर्को गर्दै बजारमा ल्याइरहेका निर्देशक आचार्य गोपालको निर्देशन रहेको अर्को म्यूजिक भिडियो म सधैँ भिडियो रिलिज भएको छ ।

जसमा गायक मुकुन्द रेग्मीको स्वर, शब्द र संगीत रहेको छ । पेशाले चिकित्सक रेग्मी गीत संगीत भनेपछि हुरुक्कै हुने उनी बेलाबेलामा यस्ता रमाइला र जीवन्त कोशेलीहरु बजारमा ल्याउन रुचाउँछन् ।

उनको पछिल्लो गीतको भिडियोले रुप र धन हेरेर मात्रै माया प्रेम हुदैन माया त भावनाले हुन्छ भन्ने कुरालाई बोलेको छ ।

एक प्रेमीले आफुले माया गर्ने प्रेमिकालाई कसरी समर्पित भएर प्रेममा डुब्छ भन्ने विषयलाई देखाइएको भिडियोमा बिनोद बस्नेत र साहारा कोइरालाको अभिनय देख्न सकिन्छ । हिमाल शर्माको छाँयाकन र चानास पुन मगरको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर