ललितपुर ३ की डाक्टर तोसिमा कार्कीलाई सवतन्त्र राधेको चुनौती — OSNepal

ललितपुर ३ की डाक्टर तोसिमा कार्कीलाई सवतन्त्र राधेको चुनौती

LC (KTM) November 16, 2022 0

काठमाडौँ । आसन्न निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् । यसैबिच ललितपुर क्षेत्र नम्बर ३ जाउलाखेलमा जन्मिएका राधे खत्री अहिले चुनावी प्रचार प्रसारका क्रममा जुटिरहेका छन् । त्रिवीबाट स्नातकसम्मको अध्ययन गरेका राधेको मोवादीकी फम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की जस्ता बहुचर्चित उम्मेद्धवारहरुसँग प्रतिस्पर्धामा छन् ।

छत्रे टोपी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका राधे त्यस्ता उम्मेद्धवार हुन् जो सामाजिक यात्राको लामो इतिहाँस छ । उनी आफ्ना प्रतिस्पर्धहरुसँग आफ्नो जस्तो कामको कुनै अनुभव नभएको आरोप लगाउँछन् । भन्छन् पम्फा जी हिंसाको क्षेत्रबाट आउनुभयो । म अहिंसाको क्षेत्रमा काम गरिरहेको छु । अर्का उम्मेद्धवार स्वतन्त्र भनेर स्वतन्त्र ब्यक्ति बनेर मतदाताहरुलाई नै झुक्याउने काम भइरहेको छ । स्वास्थ्यकर्मीहरुले स्वास्थ्यकै क्षेत्रमा अब्बल काम गर्नुपथ्यो । राजनीतिमा आउन जरुरी थिएन ।

सामाजिक कर्मबाट सहयोगको यात्रा सुरुवात गरेका राधे खड्का समाजका लागि निकै उादहरणीय र अति आवश्यक ब्यक्ति हुन् । परोपकारी काम भनेपछि मरिहत्ते गर्ने राधे निश्वार्थ भावनका धनी र प्रेरणादायी ब्यक्ति हुन् । राजनीतिमा आउनु पूर्व सामाजिक कर्मले नै समाज परिवर्तन गर्न सकिन्छ भन्थे उनी तर राजनीति बलियो र स्थायी नभएसम्म समाजका कुनै पनि नितीहरु पपरिवर्तन हुन नसक्ने ठहर गर्दै उनी अहिले ललितपुर ३ बाट प्रतिनिधीसभाको उम्मेद्धवार छन् ।

सामाजिक यात्राबाट आफ्नो यात्रा सुरुवात गरेका राधे खड्का समाजका लागि निकै उादहरणीय ब्यक्ति हुन् । परोपकारी काम भनेपछि मरिहत्ते गर्ने राधे निश्वार्थ भावनका धनी र प्रेरणादायी ब्यक्ति भएको उनलाई चिन्ने ललितपुरकै रमा केसी बताउँछिन् । भन्छिन् राधेजी निस्वार्थ भावनाले जनहीत्का लागि काम गर्ने एउटा उदाहरण हो । समाजमा उहाँ जस्तै धेरै मानिसहरु हुने हुने भने कसैलाई अप्ठ्यारो पर्ने थिएन ।

अहिले राजनीतिमा आएका उनी यसअघि सामाजिक कर्मले नै समाज परिवर्तन गर्न सकिन्छ भन्थे । तर राजनीति बलियो र स्थायी नभएसम्म समाजका कुनै पनि नितीहरु परिवर्तन हुन नसक्ने अहिले उनको ठहर छ । ललितपुरमा उनी कसैलाई हराउने भन्दा पनि ललितपुरलाई बिजय गराउने अभियानमा लागेका एक इमान्दार कर्मठ र देशलाई माया गर्ने ब्यक्ति हुन् । उम्मेद्धवार बन्नु अघि करिब डेढ दशकदेखि समाजिक काममा सक्रिय राधेले स्थापना गरेको कपडा बैँक अहिले देशका २ सय भन्दा बढी स्थानमा फैलिएको छ । उनले कोरोनाको समयमा करिब २ वर्ष देशका विभिन्न स्थानमा खाना नपाएका, गरिबीका कारण भोकभोकै हिँड्न बाध्य भएकाहरुलाई निशुल्क खाना वितरण गरे ।

त्यो पनि आफ्नो ज्यान नै जोखिममा पारेर । उनी फुड बैँकका संस्थापक मात्रै होइनन् अस्किजन बैँक र औषधी बैँकको स्थापना गरेर निशुल्क वितरण समेत गरे । उनको योगदाको सुची यत्रीमा मात्रै टुंगीदैन । राधेले नवजीवन परोपकार समाजमा पनि अतुलनिय योगदान गरे । नवजीवन परोपकार समाजको ब्यबस्थापन गरेर जीवन बिर्सएकाहरुलाई जीवन दानमा पनि उनको ठूलो भूमिका रहेको छ । यसले सडक मानव मुक्ति तथा सडक पशु मुक्तिका लागि काम गर्छ । अहिंसा तथा दुब्र्यसन मुक्त व्यक्तिहरु राजनीतिमा आउनुपर्ने कुरामा जोड दिँदै आएका उनी भन्छन् न जिन्दावाद न मुर्दावाद सबैलाई धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर