एकपटक हामीलाई विश्वास गरेर भोट दिनुस्, हामी तपाईंको विश्वास गुम्न दिने छैनौँ:रवि लामिछाने — OSNepal

एकपटक हामीलाई विश्वास गरेर भोट दिनुस्, हामी तपाईंको विश्वास गुम्न दिने छैनौँ:रवि लामिछाने

LC (KTM) November 17, 2022 0

कावासोती-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा जिताए देशको मूल समस्या रहेको भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।पूर्वी नवलपरासीको कावासोतीमा आयोजित चुनावीसभामा लामिछानेले आफ्नो दलले बहुमत प्राप्त गरेमा अहिलेसम्मका भ्रष्टाचारका मुद्दाको छानविन गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने बताउनुभयो ।“एकपटक हामीलाई विश्वास गरेर भोट दिनुस्, हामी तपाईंको विश्वास गुम्न दिने छैनौँ”, लामिछानेले भन्नुभयो, “अहिलेको चुनावले तपाईंको सन्तानको भविष्य कोर्नेछ ।”

यो पनि:विश्व बैंकद्वारा वनमा आश्रित समुदायको उत्थानका लागि अनुदान सहयोग-विश्व बैंक र ग्रामीण पुनःनिर्माण नेपाल (आरआरएन) बीच नेपालको वन क्षेत्रका आदिवासी÷जनजाति र स्थानीय समुदाय (आइपिएलसिएस)को क्षमता अभिवृद्धि गर्न ४५ लाख अमेरिकी डलर अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।नेपालमा आदिवासी÷जनजाति र स्थानीय समुदायका लागि पाँचवर्षे अनुदान संयन्त्र परियोजनाले वनको दिगो व्यवस्थापन प्रक्रियाका लागि स्थानीय, राष्ट्रिय र विश्वव्यापीस्तरमा नेपालको रेड प्लस प्रक्रियामा सहभागी हुन समुदायको क्षमता अभिवृद्धि गर्न मद्दत गर्नेछ ।

यसले मधेस र लुम्बिनी प्रदेशका वनमा आश्रित समुदायको आम्दानी बढाउन र जीविकोपार्जनका अवसर सिर्जना गर्न मद्दत गर्ने विश्व बैंकले जनाएको छ । ग्रामीण पुनःनिर्माण नेपाल आयोजनाको राष्ट्रिय कार्यान्वयन निकाय हो । सम्झौतामा आज माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभा र ग्रामीण पुनःनिर्माण नेपालका अध्यक्ष डा अर्जुन कार्कीले हस्ताक्षर गर्नुभएको हो ।

हस्ताक्षरपछि सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले यस परियोजनाले नेपालका आदिवासी जनजाति र स्थानीय समुदायलाई कोष संयन्त्रका माध्यमबाट सहयोग गर्ने र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा योगदान दिने बताउनुभयो । यसैगरी अध्यक्ष डा कार्कीले परियोजनाले वनमा निर्भर आदिवासी जनजाति र स्थानीय समुदायलाई साना वन र गैर–वनमा आधारित व्यवसाय र रोजगारीका अवसरमार्फत जीविकोपार्जनमा आवश्यक सहयोग प्रदान गर्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर