बाग्लुङ : नेपाली कांग्रेसका युवा नेता डिल्लीराम सुबेदीको घरदैलोमा जे देखियो, हेर्नुहोस् तस्विरहरु — OSNepal

बाग्लुङ : नेपाली कांग्रेसका युवा नेता डिल्लीराम सुबेदीको घरदैलोमा जे देखियो, हेर्नुहोस् तस्विरहरु

LC (KTM) November 17, 2022 0

काठमाडौँ । आसन्न निर्वाचनको मिति नजिकिए संगै उम्मेद्धारहरु चुनावी प्रचार प्रसारमा ब्यस्त रहेका छन् । नेपाली कांग्रेसका युवा नेता डिल्लीराम सुबेदी बाग्लुङ–१ प्रदेश सभा ९ख० बाट चुनावी मैदानमा उत्रिएका छन् ।

सुबेदीलाई गठबन्धनको साथ रहेको छ । यही क्षेत्रबाट एकताका कांग्रेसमा संगै रहेर काम गरेका तर हाल एमालेका तर्फ बाट उम्मेद्धार बनेका नवराज पौडेल, सुबेदीको प्रतिष्पर्धीको रुपमा चुनावी मैदानमा रहेता पनि उनी पार्टी र राजनैतिक विचार छाडेकाले आफ्नो जित सुनिश्चित रहेको नेता सुवेदीको दाबी छ ।

आफ्नो क्षेत्रका कुनै पनि वडा र पालिका बाँकी नराखी प्रचार प्रसारमा जुटेका नेता सुवेदीले अन्तिमसमयसम्म पनि आफ्नो प्रचार प्रसारलाई ब्यापकता बनाएका छन् ।

उनको साथमा गठबन्धनका साझा उम्मेदवार तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी अधिकांश  समय साथमा नै छन् ।

गठबन्धनका उम्मेद्धवारहरुले राष्ट्रिय आवश्यकतालाई मध्यनगर गरी गठबन्धन गरी प्रतिगमनको विरुद्धमा उभिएको बताउँदै आएका छन् । गठबन्धनका नेताहरुको घरदैलोमा जे देखियो हेर्नुहोस् तस्विरमा


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर