देशव्यापी वाम–लोकतान्त्रिक गठबन्धनको लहर : अध्यक्ष दाहाल — OSNepal

देशव्यापी वाम–लोकतान्त्रिक गठबन्धनको लहर : अध्यक्ष दाहाल

LC (KTM) November 17, 2022 0

काठमाडौँ-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापीरुपमा वाम–लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर देखिएको बताउनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ को डाँडापौवामा आज आयोजित जनसभालाई सम्बोधन गर्दै देशरभबाट गठबन्धनका उम्मेदवार विजयी हुने सुनिश्चित भएको दाबी गर्नुभयो ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मैले देशभरका चुनावीसभालाई सम्बोधन गर्न जाँदा गठबन्धनको पक्षमा जनलहर आएको पायौँ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय एकता, शान्ति र समृद्धिका लागि गठबन्धन गरिएको प्रष्ट पार्दै उहाँले निर्वाचनपछि गठबन्धनले संविधानको रक्षा, विकास र समृद्धि दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हामी अब सम्पूर्ण तागत विकास र समृद्धिमा लगाउछौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “गठबन्धनको ध्यान विकास र समृद्धिमा जान्छ ।” अग्रगमन र प्रतिगमनकारी शक्तिबीचको लडाईंका रुपमा निर्वाचन अगाडि आएको जनाउँदै उहाँले आसन्न निर्वाचनबाट प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने बताउनुभयो । “अब प्रतिगमनविरुद्ध आन्दोलन गर्नु नपरोस् भन्नका निम्ति गठबन्धनलाई जिताउनुपर्छ”, उहाँले भन्नुभयो ।

मुलुकमा राजनीतिक स्थिरता दिने र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यसहित अघिल्लो निर्वाचनमा वाम–गठबन्धन बनाइएको प्रष्ट पार्दै उहाँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनअपेक्षा पूरा गर्न नसकिएको बताउनुभयो ।

“हामीले संविधानसभाको माग गर्दा बढ्ता विरोध गर्ने ओली २०६२÷०६३ सालको परिवर्तन र वर्तमान संविधानलाई स्वीकार गरेपछि ओली सच्चिए होलान् भनेको त्यस्तो होइन रहेछ”, उहाँले भन्नुभयो, “तर पार्टी एकताको केही समयपछि ओलीले सङ्घीयता, गणतन्त्र, समावेशीता स्वीकार गरेका रैछन् । सत्तामा पुगेर प्राप्त उपलब्धिलाई उल्ट्याउने दाउमा रहेछन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर