कुमारजीले अघि सारेका योजना पुरा गर्ने दायित्व बोकेर आएको छु : थापा — OSNepal

कुमारजीले अघि सारेका योजना पुरा गर्ने दायित्व बोकेर आएको छु : थापा

LC (KTM) November 17, 2022 0

मंसिर १, पोखरा – गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले आफुले कुमार खड्काले अघि सारेका योजनाहरुलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाँच दलिय गठबन्धनबाट कास्की क्षेत्र नं. २(२) प्रत्येक्ष उम्मेदवार बनेका थापाले आफु क्षेत्र २ को विकासमा दत्त चित्त भएर लागि पर्ने बताएका छन् । पोखरा महानगरपालिका वडा १६ स्थित बाटुलेचौरमा कोणसभा गर्दै उक्त कुरा बताएका हुन् । क्षेत्र २ मा कांग्रेसको जित निश्चित देखेपछि विभिन्न तरिकाले कुमार खड्कासँग जोडेर कांग्रेसलाई हराउने षडयन्त्र बुन्ने काम भएको समेत उनले बताए ।

थापाले वडा १६ मा उर्लिएर आएको जनताको उत्साह र जोशले चुनाव जितको नजिक पुगेको अनुभव आफुले गरेको समेत बताए । उनले यस अघिको चुनावी रेसमा पार्टीले २०७४ सालको नतिजालाई हेरेर आफुलाई टिकट दिएको र त्यहि कुरालाई लिएर अहिले केहि व्यक्तिले गलत तरिकाले अफवाह फैलाएको समेत बताए । विन्दु थापा उम्मेदवार भन्दा पनि कांग्रेस उम्मेदवार भएको अभिव्यक्ति उनको थियो । कांग्रेसले जित्नु भनेको गठबन्धनले जित्ने विषय भएको उनले बताए । सोही क्रममा पछिल्लो समय निकै चर्चामा आएको कुमार खड्का र आफुबीचको बारेमा स्पष्ट पार्दै उनले निकै ठूलो अफवाह फैलाउने काम भएको बताए ।

‘कुमारजी र मेरो बीच धेरै अफवाह फैलाइयो । एउटै खाटमा सुत्दा ठोक्किन्छ नै । हामी बीच दुस्मनी छैन हामी मित्र हौं । उहाँ बौद्धिक व्यक्ती हुनुहुन्छ’, उनले भने,‘उहाँले (कुमार खड्का)यहाँ धेरै काम गर्नु भएको छ । उहाँले अघि सारेको योजनालाई पूरा गर्ने जिम्मा मेरो हो ।’
उनले बुधबार राति आफु घरदैलो कार्यक्रमको बेला गायक बस्तिमा गई फर्कने क्रममा आफुमाथि नियोजित तरिकाले दुव्र्यवहार भएको बताए । ‘ हामीले गायक बस्तिमा घरदैलो सकाएर आएका थियौँ ।

मेरो गाडी भएको ठाउँसम्म हिडेर गएका थियौँ साझँको करिब साढे सात बजेको थियो’ उनले, ‘म माथीठूलो दुर्ववहार भयो । हामी स्वस्थ प्रतिस्पर्धामा जानुपर्छ ।’ उनले आफुमाथि पैसा दिएको भन्ने आरोप लागेको र कसैले एक हजार रुपैयाँमात्र बाडेको सप्रमाण देखाएमा आफुले तत्कालै राजनीतिबाट शन्यास लिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर