युवाको आक्रोशलाई राजनीतिक दलले संवोधन गर्नुपर्छ - पूर्वप्रधानमन्त्री डा भट्टराई — OSNepal

युवाको आक्रोशलाई राजनीतिक दलले संवोधन गर्नुपर्छ – पूर्वप्रधानमन्त्री डा भट्टराई

LC (KTM) November 17, 2022 0

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले युवाको आक्रोशलाई राजनीतिक दलले संवोधन गर्नुपर्ने बताउनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धन काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘बृहत् आमसभा’लाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलप्रति युवा पङ्क्तिमा आक्रोश देखिएकाले यसलाई राजनीतिक दलले संवोधन गर्नुपर्ने बताउनुभएको हो ।

“संविधान निर्माणपछि युवामा धेरै आकाङ्क्षा थियो, त्यो आकाङ्क्षालाई राजनीतिक दलले पूरा गर्न सकेनन्, अहिले युवामा आक्रोश देखिएको छ”, उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्री डा भट्टराईले गठबन्धनले बेरोजगारको अन्त्य गर्दै देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

कांग्रेस नेता एवं पूर्वकानूनमन्त्री नरहरि आचार्यले देशको विभिन्न आन्दोलनको नेतृत्व गरेको कांग्रेस नेतृत्वको गठबन्धनले मात्र देशको विकास गर्नसक्ने बताउनुभयो । “निर्वाचनमा कुनै पनि राजनीतिक दललाई मतदान गर्नुमात्र ठूलो कुरा होइन, उक्त मतको संरक्षण गर्न चनाखो हुनुपर्छ”, उहाँले भन्नुभयो । पूर्वमन्त्री आचार्यले कांग्रेसले सबै राजनीतिक दललाई समन्वय गर्दै अगाडी बढ्ने हैसियत राखेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कल्पना शर्मा, नेकपा (एकीकृत समाजवादी)का नेता एवम् निर्वाचन परिचालन समितिका संयोजक दिपक केसीलगायतले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर