कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार - शेखर कोइराला — OSNepal

कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार – शेखर कोइराला

LC (KTM) November 17, 2022 0

इनरुवा – नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं ६ का लोकतान्त्रिक वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताउनुभएको छ ।

सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आज लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको विशाल चुनावीसभा कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै नेता कोइरालाले सो कुरा बताउनुभएको हो । कांग्रेसको नेतृत्वमा सबै राजनीतिक परिवर्तन भएको बताउँदै अब कांग्रेसकै नेतृत्वमा मुलुकमा आर्थिक क्रान्ति र समृद्धि हुने नेता कोइरालाले बताउनुभयो । गठबन्धनले जिते मात्रै लोकतन्त्र बलियो हुने भएकाले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो । –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर