देशकै प्रमुख व्यापारिक नाका ७२ घण्टाका लागि बन्द — OSNepal

देशकै प्रमुख व्यापारिक नाका ७२ घण्टाका लागि बन्द

LC (KTM) November 18, 2022 0

वीरगञ्जको इनर्वास्थित भन्सारको मुख्य सडकमा शुक्रबार सशस्त्र प्रहरीले बेरिकेट लगाई वाहन तथा व्यक्तिको आवतजावतमा रोक । निर्वाचनका बेला सीमापारिबाट हुन सकिने सम्भावित आपराधिक गतिविधिलाई रोक्न भारतसंँग जोडिएका जिल्लाको सबै नाकालाई गएराती १२ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । तस्बिर ः विजयकुमार महतो ÷रासस

मीरगञ्ज पुल यथाशक्य सञ्चालन हुनुपर्नेविराटनगर एकीकृत भन्सार जाँच चौकी (आइसिपी) जोड्ने भारतको बथनाहा-जोगबनी सडकखण्डमा पुलको प्रयोग हुन नसक्दा नेपाली उद्योगी व्यवसायीलाई सास्ती भइरहेको छ ।नाकामा पर्ने मीरगञ्ज पुल समयमै निर्माण हुन नसक्दा उद्योगी व्यवसायीहरुले विगत ११ महिनादेखि सामान ओसारपसार गर्नकालागि सुनसरीको भन्टबारी नाका प्रयोग गर्नुपरेको छ ।

जोगबनी नाकाबाट आउने सामान सुनसरीको भन्टाबारी नाका प्रयोग गर्दा दैनिक अतिरिक्त रु एक करोड खर्च भएको उद्योगी एवं व्यापारीहरुको भनाइ छ । भारतीय जोगबनी बजारका व्यापारीसँग प्रतिस्पर्धा गरिरहेका नेपाली व्यापारीलाई मीरगञ्ज पुल निर्माण नहुँदा थप समस्या भएको छ । जसको मार उपभोक्तामा परेको छ ।

पुलको काम लगभग ९० प्रतिशत पूरा भएको र निकट भविष्यमा सञ्चालनमा आउने नेपाल भारतको सीमा सुरक्षा बैठकमा अररिया जिल्लाका डिएम इनायक खानले जानकारी दिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

बैठकमा नेपाली पक्षले नाका र पुलको विषय छलफलमा ल्याउँदा डिएम खानले सो जानकारी दिएको प्रजिअ दाहालले बताउनुभयो । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले यो पुल र नाका सञ्चालनमा ल्याउने बारम्बार आग्रह गर्दा पनि सञ्चालनमा आउन नसकेको बताउनुभयो ।

उहाँले पुल र नाका सञ्चालनमा नआउँदा समय र लागत बढ्न गई उद्योगी, व्यापारी मात्र नभएर उपभोक्तालाई पनि समस्या परेको बताउनुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयेश प्याकुरेलले यस क्षेत्रका उद्योगी र व्यापारीले समूह बनाएर भारत सरकारका महत्वपूर्ण अङ्गलाई जानकारी गराउँदा पनि सुनुवाई नभएको भन्दै यसका लागि नेपाल सरकारले कूटनीतिक ढङ्गले विषय उठान गर्नुपर्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर