काठमाडौं–५ का प्रदेशसभाका एमाले उम्मेदवारसहित यी प्रभावशाली नेताहरु पैसा बाँडेको आरोपमा समातिए — OSNepal

काठमाडौं–५ का प्रदेशसभाका एमाले उम्मेदवारसहित यी प्रभावशाली नेताहरु पैसा बाँडेको आरोपमा समातिए

LC (KTM) November 18, 2022 0

काठमाडौं । काठमाडौं–५ का प्रदेशसभाका एमाले उम्मेदवार पैसा बाँडेको आरोपमा समातिएका छन् । प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलासहित ३ जनालाई मौन अवधिमा पैसा बाँडेको आरोपमा पक्राउ गरकेो हो ।

पक्राउ पर्नेमा निरौलासहित बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल रहेको प्रहरीले जनाएको छ ।

समातिएका उनीहरू ३ जनालाई नै प्रहरी प्रभात बुढानिलकण्ठमा राखिएको छ । उनीहरुले पैसा बाँड्न लागेको सुराकीका आधारमा प्रहरीले पिछा गर्दै जाँदा हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट नियन्त्रणमा लिएको हो ।

काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल र काँग्रेका युवा नेता प्रदीप पौडेल चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर