अग्नि सापकोटाले मतदान गरेको केन्द्रमा झडप — OSNepal

अग्नि सापकोटाले मतदान गरेको केन्द्रमा झडप

LC (KTM) November 20, 2022 0

सिन्धुपाल्चोक, ४ मंसिर :

निवर्तमान सभामुख अग्नि सापकोटाले मतदान गरेको मतदान केन्द्रमा झडप भएको छ ।

सिन्धुपाल्चाेककाे  सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रमा झडप भएकाे हाे ।

सभामुख सापकोटाले मतदान गरेको केही समयपछि एमाले र माओवादीका कार्यकर्ताबीच झडप भएको हो ।

माओवादीले अवरोध खडा गरी एकलौटी गर्न खोजेको भन्दै एमाले कार्यकर्ताले विरोध गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिने कोशिश भइरहेको सुरक्षा निकायले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर