सत्ता गठबन्धनलाई बहुमत आउने प्रचण्डको दाबी — OSNepal

सत्ता गठबन्धनलाई बहुमत आउने प्रचण्डको दाबी

LC (KTM) November 20, 2022 0

चितवन, ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले आरमसहित बहुमत ल्याउनेमा विश्वास व्यक्त गरेका छन ।गृह जिल्ला चितवनमा मतदान गरेपछि अध्यक्ष प्रचण्डले जारी निर्वाचनले विकास र देश समृद्धिको दिशातर्फ लानेमा पनि विश्वास व्यक्त गरे ।

उनका अनुसार निर्वाचनपछि मात्रै प्रधानमन्त्रीका बारेमा टुंगोमा जानेछ । ‘प्रधानमन्त्रीका बारेमा गठबन्धनमा सल्लाह गरेर टुंगोमा पुग्ने छौं, प्रधानमन्त्रीका कारण गठबन्धन टुटदैन्,’ प्रचण्डले भने ।

यो पनि : माओवादी उपमहासचिव पुनले रोल्पाबाट गरे मतदान:नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोल्पाबाट मतदान गरेका छन् ।
उनले रोल्पा नगरपालिका ७ बालउदय मावि माडिचौरबाट मतदान गरेका हुन् । रोल्पामा गठबन्धनको समर्थनमा वर्षमान पुन अनन्त र एमालेका पूर्ण बुढामगर प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर