सांसद भए लगत्तै संसदीय दलको चुनावमा लाग्‍ने गगन थापाको घोषणा — OSNepal

सांसद भए लगत्तै संसदीय दलको चुनावमा लाग्‍ने गगन थापाको घोषणा

LC (KTM) November 20, 2022 0

काठमाडौं, ४ मंसिर:नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्‍ने बताएका छन् ।मैतीदेवी केन्द्रमा मतदान गर्दै कांग्रेस महामन्त्री थापाले पार्टीको संसदीय दलको नेताका लागि तयारी थाल्ने बताएका हुन् ।‘सांसद भएको भोलिपल्टदेखि संसदीय दलको तयारीमा लाग्‍ने छु,’ थापाले भने । प्रधानमन्त्रीका लागि संसदीय दलको नेता हुनुपर्ने व्यवस्था भएकाले थापाले सोको तयारीमा लाग्‍ने बताएका हुन् । थापा प्रधानमन्‍त्रीका आकांक्षि हुन् ।

यो पनि : लोकतन्त्र परिपक्व वनाउन मतदान गरौं– प्रधानमन्त्री देउवा:प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनले लोकतन्त्र परिपक्व बनाउने भन्दै मतदान गर्नुपर्ने बताएका छन् । मतदान जारी रहेको बखतमा मतदानका लागि अपिल गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई परिपक्व वनाउन मतदान गर्न आग्रहसमेत गरेका छन ।

‘सामाजिक न्याय सहितको खुला अर्थतन्त्रमा सबैले फक्रिने अवसर पाउछन्,’ प्रधानमन्त्री देउवाले भनेका छन, ‘आज हामीले लोकतन्त्र, सम्मानित जीवन, सामाजिक न्याय र समान अवसरका लागि निर्वाचनमा सहभागि भएनौ भने आगामी पाँच बर्षमा परिवर्तन सम्भव नहुन सक्छ, त्यसैले मतदानमा सहभागि बनौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर