विष्णु पौडेलले गरे मतदान — OSNepal

विष्णु पौडेलले गरे मतदान

LC (KTM) November 20, 2022 0

बुटवल, ४ मंसिर । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले बिहान साढे १० बजे मतदान गरेका छन् । बुटवल–८ मा रहेको डिभिजन सडक कार्यालय परिसरस्थित हेभी इक्वीपमेन्टमा रहेको मतदान केन्द्रमा पौडेलले मतदान गरेका हुन् ।

मतदानपछि प्रतिक्रिया दिंदै पौडेलले निर्वाचन लोकतन्त्रको उत्तम अभ्यास रहेको बताए । उनले यो निर्वाचनबाट एमालेले राम्रो नतीजा ल्याउने बताए । पौडेलले एमालेले हारे देशले हार्ने पनि बताए ।

यो पनि : बाजुरामा एमाले(कांग्रेस कार्यकर्ताबीच झडप:बाजुरामा झडप भएको छ। प्रहरीका अनुसार बुढिनन्द नगरपालिका– ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो।

आइतबार बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको छ। झडप भएपछि मतदान स्थगित भएको छ।

जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट बद्रीप्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी, जनता समाजवादी पार्टीबाट रामबहादुर शाही, स्वतन्त्रबाट राजन पाण्डे र टेकबहादुर बडुवाल उम्मेदवार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर