बाजुरामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप — OSNepal

बाजुरामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

LC (KTM) November 20, 2022 0

बाजुरा, ४ मंसिर –

बाजुरामा झडप भएको छ। प्रहरिका अनुसार बुढिनन्द नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। दुई पार्टीका कार्यकर्ताबीच  झडप भएपछि मतदान स्थगित भएको बाजुरा प्रहरीले बताएको छ। बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको छ।

जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट  बद्री प्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी र जनता समाजवादी पार्टीबाट रामबहादुर शाही उम्मेदवार छन्।
यो पनि पढ्नुहोस – काठमाडौंसहित तराईका जिल्लामा आजैबाट मतगणना : निर्वाचन आयोग : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेसभा सदस्यका  लागि भएको निर्वाचनको मतगणना आजैबाट हुने जनाएको छ ।

आइतबार बिहान ७ बजेबाट देशभर निर्वाचन भइरहेको छ । उक्त निर्वाचनको मतगणना आइतबार राति ९ बजेबाट सुुरु हुने प्रम्ुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । 

भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा उनले काठमाडौंसहित तराईका जिल्लामा आइतबारबाटै मतगणना हु्ने जानकारी दिएका हुन् । 

हिमालीको जिल्लाको सोमबार बिहान ५ बजेबाट मतगणना सृुरु हुने जानकारी दिएका उनले प्रत्यक्षतर्फको ८ दिनभित्र र समानुपातिक तर्फको २२ मंसिरभित्र नजिता राष्ट्रपतिलाई बुझाउने जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर